न्याय परिषद्को कडाई पछि सुन तस्करी र सनम हत्या प्रकरणका मुद्दा एउटै इजलासमा

<span class='c1'>न्याय परिषद्को कडाई पछि सुन तस्करी र</span> <span class='c2'>सनम हत्या प्रकरणका मुद्दा एउटै इजलासमा</span>

विराटनगर, १० माघ । चर्चित सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा एकै प्रकृति र एउटै घटनाको मुद्दा भएपनि फरक फरक इजलासमा पेशी तोक्न शुरु भएकाे परम्परा उच्च अदालत विराटनगरबाटै फेरी तोडिएको छ । बिहीवार भएको बहस पछि उच्च अदालत विराटनगरका न्यायाधीशद्वय शिवराज अधिकारी र हरिप्रसाद बगालेको एकल इजलासले १७ नम्बर अनुसारको १२ वटा निवेदनहरुलाई एउटै इजलाश र एकै साथ लगावमा राखि पेश गर्न आदेश दिएको उच्च अदालत विराटनगरका रजिष्ट्रार नारायण प्रसाद रेग्मीले जानकारी दए । 

चर्चित सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा थुनामा रहेका प्रतिवादीहरुले जिल्ला अदालत मोरङको आदेश विरुद्ध ४२ वटा निवेदन दर्ता गराएकाेमा ३० वटा निवेदनकाे सुनुवाई भईसकेकाे छ । यस अघि उच्च अदालत विराटनगरले पुर्पक्षका लागि थुनामा रहेका पूर्व डिआईजी गोविन्द निरौला, निलम्बित एसएसपी दिवेश लोहनी, निलम्बित एसपी विकासराज खनाल र डिएसपी प्रजित केसी लगायत व्यापारीहरुलाई साधारण तारेखमा रिहा गरिसकेकाे छ ।

सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका अभियुक्तहरु उच्च अदालत विराटनगरले अस्वभाविक रुपमा रिहा गरेको भन्दै न्याय परिषदले उच्च अदालतका मुख्य न्यायाधीश लगायत ६ जना न्यायाधीशहरुको काज सरुवा गरेको छ । अहिले उच्च अदालतमा ५ जना मात्र न्यायाधीशले मात्र मुद्दाकाे सुनुवाई गरीरहेका छन् । पहिला पनि मुद्दा फुटाएकाे बिषयमा वकिलहरुले गलत भएकाे भन्दै बाहिरी रुपमा  टिप्पणी गर्दै आएका थिए । सरकारी वकिलहरुले यसरी एउटै मुद्दालाई फुटाउनु नहुने भन्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्