धरानमा लागूऔषध खैरो हेरोईन काराेवार गर्दैगर्दा दुईजना पक्राउ

<span class='c1'>धरानमा लागूऔषध खैरो हेरोईन</span> <span class='c2'>काराेवार गर्दैगर्दा दुईजना पक्राउ</span>

सुनसरी, १० माघ  । सुनसरीको धरान उप-महानगरपालिका-८ सभागृह मार्गबाट प्रहरीले लागूऔषध बिक्रि वितरण गरिरहेको अवस्थामा २ जनालाई रंगेहात पक्राउ गरेको छ । बिशेष सुराकीको आधारमा साँझ इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले लागूऔषध सहित धरान-८ बस्ने बर्ष ३५ को ३५ को सन्तोष राई र धरान २ बस्ने गोपाल अग्रवाललाई पक्राउ गरेको हो । उनीहरुलाई लागूऔषध बिक्रि वितरण गरिरहेको अवस्थामा ५ सय मिली ग्राम लागूऔषध खैरो हेरोईन र  नगद ३ हजार रुपैयाँ फेला पारी रंगेहात पक्राउ गरेको हो । बरामद लागूऔषध सहित दुवै जनालाई इलाका प्रहरी कार्यालय धरानमा राखि थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्