सोलुखुम्बुका ४ पर्वतारोही मकालु आधार शिविरबाट तीन दिनदेखि सम्पर्क विहीन

<span class='c1'>सोलुखुम्बुका ४ पर्वतारोही मकालु आधार</span> <span class='c2'>शिविरबाट तीन दिनदेखि सम्पर्क विहीन</span>

[caption id="attachment_46057" align="alignnone" width="800"] file[/caption]

सोलुखुम्बु, १० माघ ।  हिमपातका कारण सोलुखुम्बुका ४ पर्वतारोही मकालु आधार शिविरबाट तीन दिनदेखि सम्पर्कविहीन भएका छन् । पहिलो हिउँदे उच्च ग्रेट हिमालयन ट्रेल’ को यात्रामा हिँडेका चारजना पर्वतारोही सम्पर्कविहीन भएका हुन् ।

सम्पर्कविहीन हुनेहरुमा खुम्बु पासाङल्हामु गाउँपालिका–१ का पेम्वा जाङ्बु शेर्पा, दारिन्जी शेर्पा, पेम्वारिन्जी शेर्पा र पासाङ गेलु शेर्पा रहेका छन् । उनीहरु चार हजार चार सय मिटरको लाङमाले खर्कदेखि सम्पर्कविहीन भएको उहाँहरुलाई पदयात्रामा लगेकाे ट्रेकिङ एजेन्सीले जनाएको छ ।

जर्मन नेपाल फ्रेण्डसिप ट्रेक नाम दिएर हिउँदमा पनि उच्च क्षेत्रमा पदयात्रा गर्न सकिन्छ भन्ने सन्देश दिन उच्च ग्रेट हिमालयन ट्रेलको पदयात्रामा निस्केका आइम ट्रेकका प्रमुख पेम्वा जाङ्बु शेर्पा सहित चारजना हिमपातपछि सम्पर्कविहीन भएको कम्पनीले जनाएको छ ।

३६ घण्टा लगातार हिमपात भएपछि अघि बढ्न र पछाडि फर्कन नसकेर लाङमालेखर्कमा रोकिएको जानकारी स्याटेलाइट फोनमार्फत् उनीहरुले कम्पनीलाई गराएका थिए । तर पछिल्लो समय सम्पर्क हुन नसकेको शेर्पाले जानककारी दिए । बिहीबार हेलिकप्टर त्यसतर्फ पठाउने तयारी गरे पनि प्रतिकूल मौसमका कारण नसकिएको कम्पनीले जनाएको छ । तीन दिन बित्दा पनि उद्दार हुन नसकेको भन्दै आफन्तजनले उद्दारमा सरकारको सहयोग मागेका छन् ।

उनीहरुले नेपालमा पहिलो पटक हिउँदमा उच्च हिमाली भेगमा पदयात्रा गर्न सकिने सन्देश दिन दुई महिने पदयात्रा सुरु गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्