काठमाडौं, ११ माघ ।आज संसदमा चिकित्सा शिक्षा विधेयक प्रस्तुत गर्ने कार्यसूची छ । सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्षी दल काँग्रेस तनाव निम्त्याउने तयारीमा छन् । आजको नयाँ पत्रिका दैनिक लेख्छ– सोमबार र मंगलबारका ५ बैठक काँग्रेस अवरोधका कारण कार्यसूची प्रस्तुत हुन नपाई स्थगित भएपछि शुक्रबार दिउँसो १ बजेका लागि अर्को बैठक आह्वान भएको हो ।
मंगलबार नै धकेलाधकेलको अवस्थामा पुगेको तनाव शुक्रबार थप बढ्ने दुबै पक्षका सांसदहरुले संकेत दिएका छन् ।