विराटनगरमा आज एक दर्जन कलाकारसंगसंगै ५० जना मोडलहरु ¥याम्पमा उत्रदै

विराटनगरमा आज एक दर्जन कलाकारसंगसंगै ५० जना मोडलहरु ¥याम्पमा उत्रदै

प्रेम देवान
विराटनगर ११ माघ । विराटनगर १९ मा रहेको ड्रिम गार्डेनमा आज राष्ट्रिय तथा स्थानिय कलाकारको बेजोड प्रस्तुति रहने छ । राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा विभिन्न सफल ईभेन्ट, सौन्दर्य प्रतियोगिता, फेशन शो ,अवार्ड लगायतका कार्यक्रमहरु आयोजना गरेर ख्याती कमाउन सफल प्याजेन्ट नेपालले आज पूर्वान्चल फेशन शो गर्दैछ ।
धरान, ईटहरी, बिराटनगर, दमक, बिर्तामोड लगायत पूर्वान्चलका बिभिन्न स्थानहरुबाट अडिसन मार्फत छनौट भएका ५० जना युवा तथा युवती मोडलहरुले आज ¥याम्पमा उत्रदैछन् ।
नेपालका चर्चित फेशन डिजाईनरहरुले तयार पार्ने उत्कृष्ट, फरक एवं नयां शैलीका डिजाईनमा तयार पारिएका पहिरनलाई राष्ट्र तथा अन्तराष्ट्रिय क्षेत्रमा प्रवर्द्दन गर्ने उद्देश्यले राजधानी्भित्र मात्र सम्पन्न हुँदै आए्को यस्ता कार्यक्रम मोफसलमा रहेका प्रतिभालाई समेत उचित स्थान प्रदान गर्न कार्यक्रम गरिएको प्याजेन्ट नेपालकी प्रबन्ध निर्देशक ममथा बस्नेतले जानकारी दिनुभयो ।
माघ ११ गते १ बजे बिराटनगरको चर्चित भेन्यू ड्रिम गार्डेनमा हुन गैरहेको उक्त फेशन शो मा नेपालका चर्चित एवं बरिष्ठ गायक आनन्द कार्की, वरिष्ठ गायक सिताराम पोख्रेल, गायक श्रीकृष्ण लुईटेल,(बोकेदाह्री) गायक सपन श्रेष्ठ, गायक कृष्ण काफ्ले,गायक ध्रुव बिस्को लोकप्रिय हांस्य कलाकार महादेव त्रिपाठी, नायक श्रीदेव भट्राई, नायिका ममता प्रधान, नायिका सुनिता कटुवाल, नायिका पूजा परियार,नितु कोईराला लगायत स्थानीय चर्चित कलाकारहरुबाट मनोरन्जनात्मक कार्यक्रम समेत प्रस्तुत गरिने आयोजकले जनाएको छ ।
३ वटा सिक्वेन्स रहने शो मा राजधानीबाट शो को लागी सहभागीता जनाउन करीव डेढ दर्जन भन्दा बढी कलाकार तथा मोडलहरुले र्याम्प शो एवं आकर्षक प्रस्तुती दिनेछन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्