विराटनगरमा पनि हिउँदे बर्षा, यस्तो छ तीन दिनको मौसमी अवस्था

विराटनगरमा पनि हिउँदे बर्षा, यस्तो छ तीन दिनको मौसमी अवस्था

विराटनगर, ११ माघ । विराटनगरमा आज विहानैदेखी हिउँदे बर्षा सुरु भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका विभिन्न स्थानमा आज पानी पर्ने सम्भावना बढेको छ । पश्चिमी वायुको प्रभावले गएरातिदेखि नै देशैभरी वर्षा भएको हो । मौसम विभागका अनुसार मौसम बदलिनेक्रम पश्चिमबाट पूर्वतर्फ पश्चिमी वायु सरेको छ । आज देशभर पुर्वमा सामान्यतया बदली र वर्षा हुने विभागका अनुसार आज दिनभरी नै मौसममा गडबडी रहनेछ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान

माघ ११ गते (शु्क्रबार)

दिउँसो ः देशभर सामान्य देखि पूर्ण बदलि हुनेछ ्र पश्चिमि क्षेत्रका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम तथा मध्य र पूर्वी क्षेत्रका केहि स्थानहरुमा हल्का वर्षाको संभावना छ साथै देशको हिमालि भेगका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपात हुने संभावना देखिन्छ ।

रातिः देशभर सामान्यतया बदलि हुनेछ ्र पश्चिम र मध्य क्षेत्रका थोरै स्थानहरुमा र पूर्वी क्षेत्रका केहि स्थानहरुमा हल्का वर्षाको संभावना छ साथै देशको हिमालि भेगका थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपात हुने संभावना देखिन्छ ।

माघ १२ गते (शनीबार )

दिउँसो ः देशका अधिकांश स्थानहरुमा सामान्यतया बदलि हुनेछ ्र पूर्वी क्षेत्रका थोरै स्थानमा र मध्य र पश्चिमी क्षेत्रका एक दुइ स्थानमा हल्का वर्षाको संभावना छ साथै देशको हिमालि भेगका थोरै स्थानहरुमा हल्का हिमपात हुने संभावना देखिन्छ।

रातिः देशको पश्चीमी र पुर्वी भुभागमा आंशिक देखि सामान्य बदलि र बाँकी भुभागमा आंशिक बदली हुनेछ ्र पश्चिमी र पूर्वी क्षेत्रका एक वा दुई स्थानमा हल्का वर्षाको संभावना छ।

माघ १३ गते (आईतबार )

दिउँसो देशका अधिकांश स्थानहरुमा आंशिक देखि सामान्य बदलि हुनेछ ्र देशका एक दुइ स्थानमा हल्का वर्षाको संभावना छ

रातिः देशको पश्चीमी भुभागमा आंशिक देखि सामान्य बदलि र बाँकी भुभागमा आंशिक बदलि रहने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्