एनआईसी एसियाले सुनसरी प्रहरीलाई दियो ब्यारीकेड र चेकिङ बोर्ड

<span class='c1'>एनआईसी एसियाले सुनसरी प्रहरीलाई दियो</span> <span class='c2'>ब्यारीकेड र चेकिङ बोर्ड</span>

विराटनगर, ११ माघ ।
एनआईसी एसिया बैंकले जिल्ला प्रहरी कार्यालय सुनसरीलाई सचेतना मुलक सुचनाहरु सहित १४ थान रोड ब्यारीकेड तथा प्रहरी चेकिङ बोर्ड हस्तान्तरण गरेको छ । एनआईसी एसिया बैंकका उप प्रादेशिक कार्यलय कोशीका प्रमुख लक्ष्मण चालिसेले ति सामाग्री जिल्ला प्रहरी कार्यालय सुनसरीलाई हस्तान्तरण गरेका हुन् । २ सय ७५ शाखा कार्यालय मार्फत बिभिन्न स्थानहरुमा सामाजिक कार्यहरुमा सहयोग गर्दै आएको बैंकले प्रहरी लक्षित सामाग्रीको हस्तान्तरणले आम नागरिकको सुरक्षामा टेवा पुग्ने विस्वास लिईएको छ ।

निरन्तर सामाजिक कार्यहरुमा सहयोग गर्दै आएकोमा यस्ता कार्यक्रमले अन्य संघ संस्था तथा ब्यक्तिहरुलाई पनि सामाजिक उत्तरदायित्वको बोध गराउने तथा देश विकासमा योगदान दिने चालिसेले बताए । एनआईसी एसिया बैंकले २८९ एटिएम सेवा, ३९ वटा एक्स्टेन्सन काउण्टर एवम् २३ वटा शाखा रहित बैंकिङसेवा संचालनमा ल्याईसकेको बैंकले जनाएको छ ।
बैेकले जारी गरेको बिज्ञप्तीमा वासलातनामाको आकार २१६ अर्ब भन्दा बढी पुगेको छ । त्यस्तै कुल निक्षेप १७५ अर्ब पुर्याउँदै निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालकै बसैभन्दा ठुलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भएको जनाएको छ । यस बैकको ग्राहक संख्या १४ लाख ५० हजार पुर्याउन सफल भएको बैंकले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ । संस्थागत सुशासन, जोखिम ब्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीबाट उत्कृष्ट अभ्यासलाई बैकले पालना गर्दै आएको बैंकका नायब प्रमुख सुचना अधिकृत अर्जुनराज खनियाँद्धारा जारी बिज्ञप्तीमा जनाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्