विराटनगरको एभरेष्टको रजत जयन्ती, देशकै नमुना बन्ने प्रयासमा

विराटनगरको एभरेष्टको रजत जयन्ती, देशकै नमुना बन्ने प्रयासमा

विराटनगर, ११ माघ ।
विराटनगर ५ मा रहेको एभरेष्ट सेकेण्डरी बोर्डिङ स्कुलको रजतजयन्ती तथा २५ औं अभिभावक दिवस विविध कार्यक्रम गरि सम्पन्न भएको छ । दुईदिनसम्म सञ्चालन भएको समारोहमा सांस्कृतिक कार्यक्रम, शुभकामना तथा सम्मानलगायतका कार्यक्रम भएका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि प्रदेश १ का सभामुख प्रदिपकुमार भण्डारीले मुलुकले लिएको समृद्ध नेपाल र सुखी नेपालीको नारालाई सार्थक बनाउने गरि विद्यालयहरुले भूमिका खेल्नुपर्ने बताए । उनले आर्थिक समृद्धिको कुरा गरिरहँदा त्यसलाई सार्थक बनाउने गरि दक्ष जनशक्ति निर्माणमा ध्यान पु¥याउन आग्रह गरे ।

शिक्षा व्यवहारिक, जीवनोपयोगी हुनुपर्ने धारणा राख्दै सभामुख भण्डारीले उत्पादित जनशक्तिहरु दक्ष र देशको सेवा गर्न सक्ने हुनुपर्नेमा जोड दिए । अबको शिक्षा वैज्ञानिक र रोजगारमुलक हुनुपर्ने बताउँदै सभामुख भण्डारीले त्यसो गर्न सके मात्र देशले समृद्धी हासिल गर्न सक्ने उल्लेख गरे ।
विद्यालयका प्रिन्सिपल टीकाराम पुरीले विगत २५ वर्षमा विद्यालयले गरेको प्रगति र त्यसका विविध पक्षमा प्रकाश पारे । थोरै विद्यार्थीबाट शुरु भएको विद्यालय आज देशकै उत्कृष्ट बन्न सफल भएको बताउँदै विद्यालयमा अध्ययन गरेका विद्यार्थीहरु बेरोजगार बस्नुनपरेको पुरीले जानकारी दिए ।
पुरीले शिक्षा क्षेत्रमा विभिन्न स्थानबाट प्रहार हुन थालेको र सरकारले पनि ढुलमुले निति लिन खोजेको बताउँदै त्यसबाट शिक्षालाई अन्यौलतातर्फ लगेको बताए । उनले उच्चस्तरीय शिक्षा आयोगले सिफारिस गरेको कतिपय विषय निजि विद्यालय मैत्री नभएको बताए । कार्यक्रममा विद्यालयका अध्यक्ष विनोद ढकालले पनि बोलेका थिए । शुक्रबारको कार्यक्रममा विद्यालयका संस्थापक धु्रव सुवेदी, विद्यालयका शुभचिन्तक एवं पूर्व सांसद हर्कमान तामाङ, शिक्षीका शारदा ढकाल र कर्मचारी मञ्जु थापालाई सम्मान गरियो । दुई दिनसम्म चलेको समारोहमा बालबालिकाले विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्दै अभिभावक तथा उपस्थितहरुलाई मनोरञ्जन दिलाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्