विराटनगरमा यस्ताे घटना :मापसेपछि लाईसेन्स लिन गएका सेवाग्राही प्रहरी कार्यालयमै ढले

<span class='c1'>विराटनगरमा यस्ताे घटना :मापसेपछि लाईसेन्स लिन</span> <span class='c2'>गएका सेवाग्राही  प्रहरी कार्यालयमै ढले</span>

विराटनगर, ११ माघ ।
प्रहरी कार्यालयमा लाईसेन्स लिन गएका एक सेवाग्राहीको मृत्यु भएको छ । शुक्रवार मध्यान्ह जिल्ला प्रहरी कार्यालयमा आफ्नो लाईसेन्स लिन गएका विराटनगर महानगरपालिका ५ ईक्राहीका फणिन्द्र खरेलको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी घनश्याम श्रेष्ठका अनुसार, ‘बिहान करिब ११ बजेको समयमा आएका खरेल प्रहरी कार्यालयको प्रतिक्षालयमा बस्दै थिए । केही बेरमा नै गर्मी भयो भनेका उनी ५० सेकेण्ड भित्रै त्यही प्रतिक्षालयमा रहेका अर्का सेवाग्राहीको काखमा ढलेका थिए । उनी ढलेको थाहा पाएको प्रहरीले त्यही नजिकै रहेका सईले खरेलको खुट्टा उठाएर माथि राखेका थिए । गम्भीर अबस्थाका खरेललाई तत्कालै कोशी अञ्चल अस्पताल लगेकोमा मृत्यु भएको अस्पतालले घोषणा गरेको हो ।’
प्रहरीले मापसे चेकजाँच गर्नेक्रममा उनको लाईसेन्स २ गते नियन्त्रणमा लिएको थियो । उनी त्यही लाईसेन्स लिन आएको बेला उनी बेहोस भएर ढलेको प्हरीले जनाएको छ । प्रहरीले कोशी अञ्चल अस्पतालमा मृत्यु भएको बताएपनि उनको प्रहरी कार्यालय भित्रै मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्