विराटनगरमा कलेजहरु बिच जितको जोड घटाउ जारी

विराटनगरमा कलेजहरु बिच जितको जोड घटाउ जारी

विराटनगर, ११ माघ ।
विराटनगरमा जारी ८ औं हिसान स्पोर्टस मिटमा विभिन्न कलेजहरुले विजयी भएका छन् । क्रिकेटमा अरनिको तथा फुटबलतर्पm मोर्डनएरा, भानु र रेडस्टार तथा छात्रा भलिबलमा रेडस्टार, मोर्डनएरा, कोसी र शिक्षादीप कलेज विजयी भएका छन् ।

हिसान मोरङले आयोजना गरेको प्रतियोगिताअन्तर्गत आज भएको क्रिकेटमा अरनिको कलेजले भानु मेमोरियल कलेजलाई पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेको छ । त्यसैगरी छात्रा भलिबलतर्पm पथरीको रेडस्टार कलेजले पथरीकै एभरेष्ट कलेजलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । दोस्रो खेलमा मोर्डनएरा कलेजले अरनिको कलेजलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । तेस्रो खेलमा कोसी कलेजले कान्तिपुर कलेजलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । चौथो खेलमा शिक्षादीप कलेजले लर्डबुद्ध कलेजलाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ । यस्तै फुटबलको पहिलो खेलमा भानु मेमोरिलय कलेज सेन्टजोसेफ स्कुललाई टाइब्रेकरमा पराजित गर्दै क्वार्टरफाइनलमा पुगेको छ । दोस्रो खेलमा मोर्डनएरा कलेजले एभरेष्ट कलेजलाई हराउँदै क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
तेस्रो खेलमा रेडस्टार कलेजले सिटी कलेजलाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिताअन्तर्गत भोलि क्रिकेटको पहिलो खेल शिक्षादीप र एभरेष्ट, दोस्रो खेल अर्किड र पथरीको एभरेष्ट कलेजबीच हुनेछ । छात्रा भलिबलतर्पm रेडस्टार र कोसी तथा दोस्रो खेल मोर्डनएरा र शिक्षादीप कलेजबीच हुनेछ । फुटबलको पहिलो खेल ग्रिनल्याण्ड र भानु तथा दोस्रो खेल अर्किड र मोर्डनएराबीच हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्