उदयपुरमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

उदयपुरमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

गाईघाट माघ १२ ,

उदयपुरमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। जिल्लाको कटारी नगरपालिका ११ को बेतीनीमा कटारीबाट सोरुङछबीमातर्फ जाँदै गरेको ग १ ज ४८४६ नम्बरको बोलेरो जिप शुक्रबार दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा तेजबहादुर थापाको मृत्यु भएको हो। जिप सडकबाट ५० मिटर तल खस्दा चालक थापाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कटारीले बताएको छ । घाइतेलई उपचारका लागि कटारी अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्