धरानका रमेश प्रसाईंले जिते पब्लिक स्पिकर नेपाल सिजन २ को उपाधि

<span class='c1'>धरानका रमेश प्रसाईंले जिते पब्लिक स्पिकर</span> <span class='c2'>नेपाल सिजन २ को उपाधि</span>

पब्लिक स्पिकर नेपाल सिजन २ को उपाधि धरानका रमेश प्रसाईंले जितेका छन् । ‘अब बोल्छ नेपाल’ भन्ने मूल नाराका साथ शुरु भएको राष्ट्रव्यापी खुला वक्तृत्वकला प्रतियोगिता पब्लिक स्पिकर नेपालको उपाधि रमेशले जितेका हुन् ।

अन्तिम चरणमा देशका विभिन्न १२ स्थानमा आयोजित अडिसनमा सहभागिता जनाएका करीब ११०० युवाका माझबाट छनोटमा पर्न सफल ६ जनाले सशक्त प्रस्तुति दिएका थिए ।

मकवानपुरकी दिपशिखा घिमिरे, काठमाडौंका प्रज्वल विक्रम विष्ट, धरानका रमेश प्रसाईं, काठमाडौंका प्रनव काफ्ले र मोरङ्गकी मञ्जीता गुरुङ्गबीच अन्तिम प्रतिस्पर्धा भएको थियो ।

सेमी फाइनलबाट बाहिरिएकी काठमाडौंकी मानसी ठाकुरले भने पब्लिक भोटिङ्ग मार्फत पुनः प्रतियोगितामा प्रवेश पाएकी थिइन् ।

रमेशले प्रतियोगीताको प्रमुख उपाधिको साथै पब्लिक स्पीकर नेपाल २ को पब्लिक च्वाइस अवार्डसमेत हात पारे । त्यसैगरी काठमाडौका प्रनव काफ्ले प्रथम उपविजेता र काठमाडौंकै मानसी ठाकुरले द्वितिय उपविजेताको उपाधि हात पारे ।

कार्यक्रममा विजेता, प्रथम उपविजेता र द्वितिय उपविजेतालाई क्रमशः नगद पुरस्कार स्वरुप तीन लाख, दुई लाख र एक लाख लाख रुपैंया पाए ।

महानायक राजेश हमाल, लैंङ्गिक तथा विकास विज्ञ सरु जोशी श्रेष्ठ, र एलसीसीआई नेपाल संस्थाका चिफ अपरेटिङ्ग अफिसर डा।रोशन र नेपाल लाईफ इन्स्योरेन्सका सञ्चार तथा ब्रान्डिङ्ग विभागका प्रमुख मेघेन्द्र प्रकाश गिरीले कार्यक्रमको विभिन्न चरणमा निर्णायकको भूमिका निर्वाह गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्