विमानस्थलमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउने क्रममा कार्यकर्ता पक्राउ

<span class='c1'>विमानस्थलमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो</span> <span class='c2'>झण्डा देखाउने क्रममा कार्यकर्ता पक्राउ</span>

विमानस्थलमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउने क्रममा नेविसंघका नेता तथा कार्यकर्ता पक्राउ परेका छन् ।

प्रधानमन्त्री ओली स्वीट्जरल्याण्डमा भएको विश्व आर्थिक मञ्चको ४९ औँ बैठकमा सहभागी भई शनिबार बिहान स्वेदश फर्कने क्रममा उनलाई कालो झण्डा देखाउने  केन्द्रीय सदस्य सुशील भट्ट, विद्यार्थी नेता निरञ्जन थापा , सुवास घिमिरे र सुदीप अधिकारी पक्राउ परेका हुन् ।

डाभोस शहरमा आयोजित उक्त बैठकमा भाग लिन प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल गत आइतबार राति त्यसतर्फ प्रस्थान गरेको थियो ।  

यसअघि शनिबार साँझ नेविसंघले चिकित्सा शिक्षा विधेयक संसद्बाट पारित भएको भन्दै विरोध प्रदर्शन गरेको थियो । सरकारले बहुमतको आधारमा गोविन्द केसीको मागलाई सम्बोधन नगरी चिकित्सा शिक्षा विधेयक पारित गरेको भन्दै कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्रीद्वयका नाममा स्थापित अस्पताललाई समेत राजनीतिक पूर्वाग्रहका आधारमा सङघीय सरकार मातहातबाट हटाइएको भन्दै नेविसंघ सरकारको विरोधमा उत्रिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्