युथ फर ब्लड मोरङ फेरिपनि रेडक्रस सोसाईटीबाट सम्मानित

<span class='c1'>युथ फर ब्लड मोरङ</span> <span class='c2'>फेरिपनि रेडक्रस सोसाईटीबाट सम्मानित</span>

विराटनगर १२ माघ ।

रगतको क्षेत्रमा काम गर्दै आएको युथ फर ब्लड पुन पाचौ पटक सबैभन्दा बढी रगत संकलन गर्ने सस्थाको रुपमा प्रथम हुन सफल भएको छ । यस संस्था २०७१ सालयता हरेक वर्ष बढि रक्तदान गराउने संस्थाकाे रूपमा सम्मानित हुदै आएकाे छ ।मोरङ रक्त संचार सेवा दिवसको उपलक्ष्यमा नेपाल रेडक्रस सोसाईटी मोरङले प्रथम भएको एवार्ड र प्रशंसा पत्रले सम्मान गरेको छ ।

नेपाल रेडक्रस सोसाईटी मोरङ शाखा अन्तर्गत क्षेत्रिय रक्तसञ्चार सेवा केन्द्रद्धारा संचालित रक्तदान जिवन दान कार्यक्रमलाई सार्थकता प्रदान गर्दै युथ फर बल्डले ८७४ पिन्ट रगत संकलन गरी मानविय सेवा प्रदान गरेको भन्दै सम्मान तथा अवार्ड प्रदान गरेको नेपाल रेडक्रस सोसाईटीका सभापति सुबोध कुमार सिहले जानकारी दिए । 

युथ फर ब्लडका मोरङ अध्यक्ष लेशांत सापकोटा र स्वयम्सेवक मनिष आचार्यले अवार्ड थापेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्