मनषा सिमेन्ट उद्योगका व्यवस्थापक कमल दुगड शंकास्पद अवस्थामा मृत फेला

<span class='c1'>मनषा सिमेन्ट उद्योगका व्यवस्थापक कमल</span> <span class='c2'>दुगड शंकास्पद अवस्थामा मृत फेला</span>

झापा, १२ माघ । झापाको भद्रपुर नगरपालिका–९ मा रहेको मनषा सिमेन्ट उद्योगका व्यवस्थापक कमल दुगड शंकास्पद अवस्थामा मृत भेटिएका छन् ।

हातखुट्टा बाँधिएको अवस्थामा शनिवार बिहान उनी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले बताए । उनका अनुसार भारत पटना घर भएका ६१ वर्षीय दुगड विगत ३ वर्षदेखि सिमेन्ट उद्योगमा काम गर्दै आएका थिए ।

पर्शुराम अग्रवालले सञ्चालन गरेको सिमेन्ट उद्योगमा व्यवस्थापक नै शंकास्पद अवस्थामा मृत भेटिएपछि नेपाल प्रहरीको कुकुर शाखा धरानबाट कुकुर ल्याएर अनुसन्धान थालिएको जिल्ला प्रहरी प्रमुख ढकालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्