विराटनगर भन्सार कार्यालयले अर्धवार्षिक अवधिको लक्ष्य भेट्टायो

<span class='c1'>विराटनगर भन्सार कार्यालयले अर्धवार्षिक</span> <span class='c2'>अवधिको  लक्ष्य भेट्टायो</span>

विराटनगर, १२ माघ । विराटनगर भन्सार कार्यालयले चालु आर्थिक वर्षको अर्धवार्षिक अवधिको लक्ष्य पूरा गरेको छ। विराटनगर भन्सारले पुस मसान्त सम्ममा १९ अर्ब ५७ करोड २० लाख रुपैयाँ संकलन गरी लक्ष्य पूरा गरेको हो। यस अवधिमा १९ अर्ब ५६ करोड ४६ लाख रुपैयाँ राजस्व संकलन गर्ने कार्यालयको लक्ष्य थियो। चालु आर्थिक वर्षको अर्धवार्षिक अवधिमा १.४ प्रतिशत लक्ष्य पूरा गरेको कार्यालयले जनाएको छ। गत आर्थिक वर्षको यही अवधिमा कार्यालयले १३ अर्ब ८३ करोड ६२ लाख संकलन गरेको थियो।

गत आर्थिक वर्षको अर्धवार्षिक अवधिमा भन्दा चालु आर्थिक वर्षको अवधिमा राजस्व संकलनको लक्ष्य ३० प्रतिशतले वृद्धि भएको र राजस्व संकलन भने ४१ प्रतिशतले वृद्धि भएको कार्यालयका सूचना अधिकृत मणिराम पौडेलले जानकारी दिए। कार्यालयले चालु आर्थिक वर्षभरिमा ४२ अर्ब ५३ करोड १९ लाखको लक्ष्य पाएको छ। विराटनगर भन्सारबाट पैठारी गरिने मुख्य मालवस्तु पेट्रोलियम पदार्थ, एमएस बिलेट, पोलिथिन दाना, स्टिल वायर रड, सेन्थेटिक यार्न, सिआर सिट, एलपी ग्यास, एचआर सिट र खाद्यान्न हुन्। त्यस्तै निकासी गरिने मुख्य वस्तुमा सिन्थेटिक यार्न, जुटका झोला, जुटका बुनिएका कपडा, अलैँची, अन्य रेसाका कपडा, रिफाइन्ड पाम आयल, जिआई वायर, कोरुगेटेड जस्ता पाता, कपर सिट र पिना मुख्य छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्