विराटनगर ऐतिहाँसिक योग शिविर हुँदै, आयोजक प्रदेश सरकार

<span class='c1'>विराटनगर ऐतिहाँसिक योग शिविर</span> <span class='c2'>हुँदै, आयोजक प्रदेश सरकार</span>

विराटनगर, १२ माघ ।
१ नम्बर प्रदेश सामाजिक विकास मन्त्रालयको आयोजनामा आइतबार (आज) विराटनगरमा भव्य योग शिविर हुँदैछ ।
‘योग गरौ, स्वास्थ्य बनौं’ भन्ने नाराका साथ ५ दिनसम्म चल्ने शिविरमा हजारौं मानिसको सहभागीता हुने अपेक्षा गरिएको छ । विराटनगरको विराट नर्सिङ होमको पूर्व पट्टिको खाली मैदानमा शिविर हुनेछ । शिविरमा ख्यातीप्राप्त योग प्रशिक्षकद्वारा प्रशिक्षण दिइने सामाजिक विकास मन्त्रालयका प्रवक्ता गोपी घिमिरेले जानकारी दिए ।

बिहान साढे ५ बजेदेखि ७ बजेसम्म आम नागरिकका लागि र दिउँसो साढे १ बजेदेखि साढे २ बजेसम्म विद्यार्थीहरुका लागि शिविर संचालन हुनेछ । शिविरमा सहभागी हुनेहरुका लागि विराटनगरका विभिन्न ८ स्थानमा बस सेवा पनि संचालन गरिने मन्त्रालयले जनाएको छ ।
विराटनगर– १२ पिचरा चौक, विराटनगर– ३ पुष्पलाल चौकमा रहेको प्यारागन स्कूल अगाडी र पुष्पलाल चौक, विराटनगर ४ जामुनगाछी मदरल्याण्ड एकाडेमी, विराटनगर– १८ मिल्स एरिया पूर्वाञ्चल विद्या सदन अगाडि, विराटनगर– ७ हाटखोला ग्रेडेड स्कूल, विराटनगर– ८ मधुमारा स्थित अमरसेवा सदन अम्मबर टोलमा, विराटनगर– ८ अष्टचिरिन्जी मन्दिर अगाडि र विराटनगर–४ राजवंशीचौक अगाडि बस लाग्ने घिमिरेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्