विराटनगर भन्सार कार्यालयले मनायो दिवस, यस्ताे देखियाे भन्सार

<span class='c1'>विराटनगर भन्सार कार्यालयले मनायो </span> <span class='c2'>दिवस, यस्ताे देखियाे भन्सार</span>

विराटनगर, १२ माघ ।
६७ औ अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा विराटनगर भन्सार कार्यालयले विविद्य कार्यक्रम गरी मनाएको छ । ‘स्मार्ट बोर्डस फर सिमलेस टे«ड, ट्रावल एण्ड टान्सर्पोट’ को मुख्य नाराको साथ भन्सार कार्यालयले विराटनगरमा विविद्य कार्यक्रम गरि मनाएको हो ।
भन्सार दिवसको अवसरमा ब्याटमिन्टन, एक दिवसीय मैत्रीपूर्ण फुटबल, विराटनगर – १८ स्थित सामुदायिक विद्यालयमा अध्ययरत विद्यार्थीहरूलाई स्टेशनरी सामाग्रीको साथै खाजा वितरण गरिएको गरिएको थियो । भन्सार दिवसको अवसर पारेर अयोजना गरिएको विभिन्न प्रतियोगिताको विजेता हुने खेलाडीहरूलाई शनिबार भन्सार कार्यालमा एक भव्य कार्यक्रम आयोजना गरि पुरस्कार वितरण गरिएको थियो।
विजेता हुनेहरूलाई पुरस्कार तथा प्रमाणपत्र प्रमुख अतिथि मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसी, विराटनगर भन्सार कार्यालयका प्रमुख मिमांश अधिकारीले वितरण गरेका थिए । सोही अवसरमा रक्तदान र सरसफाइ कार्यक्रम समेत आयोजना गरियो । रक्तदानमा ६७ पिन्ट रगत संकलन भएको कार्यक्रम संयोजक देवकीनन्दन शर्माले जानकारी दिए । सरसफाइ भने भन्सार कार्यालय परिसर गरिएको थियो ।
कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी रमेशप्रसाद केसीले बदलिदो परिस्थिति अनुसार भन्सार परिस्कृत हुनुपर्ने बताए । उनले राजस्व संकलनमा भन्सारको महत्वपूर्ण योगदान रहेको बताए । कार्यक्रममा विराटनगर भन्सार एजेन्ट संघको कार्यवाहक अध्यक्ष नवलप्रसाद उपाध्ययले स्वागत गर्दै राजस्व संकलनमा भन्सार एजेन्टले महत्वपूर्ण भूमिका रहेको बताए ।
कार्यक्रममा उद्योग बाणिज्य संघ १ नम्बर प्रदेशका उपाध्यक्ष राजेन्द्र राउत, मोरङ व्यापार संघको सदस्य सुनिल टिडेवाल बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्