पाहुना टोली डुफिन्स क्यामरुन ट्राइबेकरमा स्तब्ध, मेची नेत्रालय काँकड्भिट्टा अघिल्लो चरणमा

पाहुना टोली डुफिन्स क्यामरुन ट्राइबेकरमा स्तब्ध, मेची नेत्रालय काँकड्भिट्टा अघिल्लो चरणमा

सुनसरी, १२ माघ । पाहुना टोली डुफिन्स फुटबल क्लब क्यामरुनलाई ट्राइवेकरमा हराँउदै मेची नेत्रालय काँकडभिट्टा फुटबल ट्रेनिंग सेन्टर झापा इटहरीमा आजबाट शुरु भएको मदन भण्डारी मेमोरियल अन्तराष्ट्रिय आमन्त्रण इटहरी गोल्डकपको अघिल्लो चरणमा प्रवेश गरेको छ । निर्धारीत समयमा दुवै तर्फबाट गोल नभएको खेलमा काँकड्भिट्टाले पेनाल्टी सुट आउटमा ४—३ ले बाजी मार्यो । झापाका लागि निराजन खड्का,विकास राई ,निरज बस्नेत र दिप कार्कीले गोल गरे । पाहुना टोलीका जो एन्गोला र अरमेल अहान्डा चुक्दा विक विक, नज्मा यानिक र यान्न्कि ओहोनाले गोल गरे । जो एन्गोला र अरमेलको प्रहार काँकड्भिट्टाका किपर दिप कार्कीले बचाए । काँकड्भिट्टाका लागि भने पहिलो पेनाल्टी हानेका भुषण लिम्बुको प्रहार डुफिन्स फुटबल क्लब क्यामरुनका गोल किपर मौआ माडुले बचाए ।

उद्घाटन खेलको निर्धारीत समयमा कुनै पनि गोल भएन । पहिलो हाफको आठौ मिनेटमा काकड्भिट्टाका राजेश परियारले दाहिने कुनाबाट गरेको ग्रास बल प्रहार डुफिन्सका गोल किपर मौआ माडुले सजिलै समाते । त्यसपछि काँकड्भिट्टाका भुषण लिम्बुले डि वक्स नजिकै पाएको फ्रि किक को अवसर पनि सदुपयोग गर्न सकेनन् । पहिलो हाफमा काँकड्भिट्टाका कप्तान खामिर गिल्सन कान्दंगवाले दुई वटा सुन्दर अवसर खेर फाले । ३४ मिनेटमा जीवन गुरुंगको पासमा खामिरले हेड गर्न नसक्दा काँकड्भिट्टाका लागि जित निकाल्न पेनाल्टी सुट आउट सम्म कुर्न पर्यो ।दोस्रो हाफमा भने डुफिन्स फुटबल क्लब आक्रमक देखियो । डुफिन्सका लागि सब्सिटीच्यूट नजामा यानिकले पटक पटक काँकड्भिट्टाको पोष्टमा आक्रमण बुने । दोस्रो हाफको २९ औ मिनेटमा यानिक ओहानाको शसक्त प्रहार पोष्ट माथिबाट बाहिरीयो । पहिलो हाफमा तुलानात्मक रुपमा डुफिन्सले रफ खेल्यो । डुफिन्सका खेलाडी याहोनाले १५ औ मिनेटमा पहेलो कार्ड पाए । २४ मिनेटमा विक विकले पहेलोकार्ड खाए । ओको वोटोले ३४ मिनेटमा फहेलो कार्ड पाए । उनले काँकड्भिट्टाका रक्षक निरज बस्नेतलाई आफ व्याक प्रहार गरे । खेलमा निरज बस्नेतको टाउकोमा चोट समेत लागेको छ ।

आजको खेलको म्यान अफ द म्याच काँकड्भिट्टाका गोल किफर दिप कार्की घोषित भए । उनले १० हजार नगद प्राप्त गरेका छन् । उनले पेनाल्टीमा एक गोल गर्नुका साथै दुई वटा पेनाल्टी समेत रोके । भोली मनांग मस्र्यांदी क्लब र आयोजक राष्ट्रिय जागृती क्लबका बिच खेल हुने छ । राष्ट्रिय जागृती क्लब इटहरीको आयोजनमा भएको खेलको उदे्घाटन युवा तथा खेलकुद मन्त्री जगत बहादुर सुनार विश्वकर्माले गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्