हिसान स्पाेर्टस् मिट: छात्रा भलिबलमा शिक्षादीप कलेज विजयी

हिसान स्पाेर्टस् मिट: छात्रा भलिबलमा शिक्षादीप   कलेज विजयी

विराटनगर, माघ १२
विराटनगरमा जारी ८ औं हिसान स्पोर्टस मिटको क्रिकेटमा शिक्षादीप र अरर्किड तथा फुटबलतर्फ ग्रिनल्याण्ड र मोर्डनएरा तथा छात्रा भलिबलमा शिक्षादीप, टेबलटेनिसमा मेरिल्याण्ड, अरनिको र कान्तिपुर कलेज विजयी भएका छन् ।
हिसान मोरङले आयोजना गरेको प्रतियोगिताअन्तर्गत शनिबार भएको क्रिकेटको पहिलो खेलमा शिक्षादीप कलेजले एभरेष्ट कलेजलाई १५ रनले पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

टस जितेर ब्याटिङ थालेको शिक्षादीपले निर्धारति २० ओभरमा ८ विकेट गुमाउँदै १३७ रन बनायो । जसमा राजन मगरले २९, अनुराज खेरवालले २५, विनोद सहनीले २० र सुभम दासले १७ रन बनाए । बलिङमा एभरेष्टका फैजल इमामले ३ र सुदन लम्सालले २ विकेट लिए ।
१३८ रनको विजयी लक्ष्य पछ्याएको एभरेष्टले निर्धारित २० ओभर खेल्दै ८ विकेटको क्षतिमा १२२ रनमै समेटियो । जसमा सचिन क्षेत्रीले २३, प्रिन्स यादवले २२, रोशन घिमिरेले १८ र मनिष मण्डलले ११ रन बनाए । बलिङमा शिक्षादीपका म्यान अफ द म्याच आयुष ओढारी, समित रौनियार र सुभम दासले २–२ विकेट लिए । दोस्रो खेल अर्किड कलेजले पथरीको एभरेष्ट कलेजलाई ८४ रनले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

टस जितेर एभरेष्टले अर्किडलाई पहिलो ब्याटिङको मौका दियो । ब्याटिङ थालेको अर्किडले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १३६ रन बनायो । जसमा रञ्जन पासवानले ४३, जय किसनले २९, दिलीप रजतले १६ र मञ्जित कामतले १३ रन बनाए । बलिङमा एभरेष्टका विवेक आचार्य र आकाश खत्रीले २–२ विकेट लिए ।
१३७ रनको विजयी लक्ष्य पछ्याएको एभरेष्टले १४ ओभर २ बलमा सबै विकेट गुमाउँदै ५२ रनमै समेटियो । जसमा आकाश खत्रीले १८ रन बनाए । बलिङमा अर्किडका सिद्धार्थ ढकाल, सुनिल मण्डलले ३–३ तथा मञ्जित कामत र मोहित अर्यालले २–२ विकेट लिए । खेलको म्यान अफ द म्याच अर्किडका रञ्जन पासवान भए ।
त्सैगरी टेबलटेनिसको छात्र टिम इभेन्ट्सतर्फ मेरिल्याण्ड कलेज र अरनिको कलेज फाइनलमा प्रवेश गरेको छ । मेरिल्याण्डले शिक्षादीप कलेजलाई हराउँदै फाइनलमा प्रवेश गरेको छ । अरनिकोले अर्किड कलेजलाई हराउँदै फाइनलमा प्रवेश गरेको छ । त्यस्तै छात्रा टिम इभेन्ट्सतर्पm मेरिल्याण्ड कलेज र कान्तिपुर कलेज विजयी हुँदै फाइनलमा प्रवेश गरेको छन् । मेरिल्याण्डले अरनिको कलेजलाई हराउँदै फाइनलमा प्रवेश गरेको छ । कान्तिपुरले शिक्षादीप कलेजलाई हराउँदै फाइनलमा प्रवेश गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्