बुहारीको रहस्यमय मृत्यु, सासू-ससुरा फरार

<span class='c1'>बुहारीको रहस्यमय मृत्यु,</span> <span class='c2'>सासू-ससुरा फरार</span>

रौतहट, १३ माघ । १८ वर्षिया राहनी खातुनको शुक्रबार रहस्यमय मृत्यूपछि परिवारका सदस्य शव छाडेर फरार भएका छन्। रौतहटको गुजरा नगरपालीका–८ स्थित ईस्मालपुर टोलमा साहनीको हत्या गरेर परिवारका अन्य सदस्य भागेको माइती पक्षले आरोप लगाएको छ। राहनी घरमा पासो लगाएर झुण्डिएको अवस्थामा प्रहरी पुगेको थियो। उनको हत्या गरेर झुण्ड्याईएको मृतक राहनीका बाबु छोटन मियाले आरोप लगाएका छन्।

छोरीलाई ससुरा सोहेबमिया दर्जी र सासू सेरातुन खातुनले पहिलेदेखि नै शारिरीक तथा मानसिक यातना दिने गरेको बताउँदै शुक्रबार हत्या गरी झुण्ड्याएर आत्महत्याको बहाना बनाएको माइती पक्षको आरोप छ। बाराको सिम्रौनगढ नगरपालिका–८ की राहनीको दुई वर्षअघि इस्लामपुरका अजहरुद्धिन दर्जीसंग विवाह भएको थियो। उनको ८ महिनाको छोरा छ। उनका श्रीमान अजहरुद्धिन एकवर्ष अघिदेखि कतारमा छन्।

‘दिउसो दुईबजेतिर छोरीको मोबाईलमा फोन गर्दा अरुलै नै उठाएपछि मृत्यू भएको खबर आयो’, बाबु मियाले भने। प्रहरीले शनिबार राति छिमेकीसँग सोधपुछ गरेको छ। मृतककी सासू ले बुहारी खातुनको रक्तचाप घटेर बेहोस भएको भन्दै गाउँकै स्वास्थ्यकर्मी शेख मेजारुललाई साँझ घरमा बोलाएकी थिइन्। प्रहरीले मेजारुललाई पनि सोधपुछ गरेको छ। ‘उनको मुटुको धडकन बन्द भइसकेको थियो। सासू ले काखमा सुताएर राखेकी थिइन्’, उनले भने, ‘झुण्डिएकोबारे मलाई थाहा भएन।’

बेलुकी साढे ६ बजे आफु खातुनको घर पुगेको स्वास्थ्यकर्मी मेजारुल बताए। टोल नजिकै रहेको हरिनगर प्रहरी चौकीले घटनाबारे जानकारी पाएपछि प्रहरी घटनास्थल पुगेको थियो। प्रहरी सहायक निरिक्षक रबिकुमार लामा राति साढे ७ बजे घर पुग्दा खातुन कोठामा झुण्डिएको अवस्थामा फेला परेकी थिइन्।

फरार परिवारका सदस्यको खोजी भइरहेको इलाका प्रहरी कार्यालय बिजयपुरले जनाएको छ। घटना रहस्यमय भएको भन्दै शव परिक्षण गर्न शिक्षण अस्पताल काठमाडौं पठाइएको छ। शरिरमा कतै चोट देखिएको छैन। परिवारका सदस्य फरार भएकाले झनै शंका उब्जिएको प्रहरीको भनाइ छ। माइती पक्षले शव परिक्षण गर्न काठमाण्डौ लैजान अनुरोध गरेकाले पठाइएको र घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बिजयपुरका प्रहरी निरिक्षक बिकास थपलियाले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्