विराटनगर, १३ माघ ।
एक नम्बर प्रदेश सरकारले स्वास्थ्य जीवन कार्यक्रम अन्तरगत स्वास्थ्य प्रवद्र्धन सचेतना सद्भावना दुतका रुपमा सीताराम कट्टेल (धुरमुस), कुञ्जना घिमिरे (सुन्तली)लाई घोषणा गर्ने भएको छ । आईतवार सामाजिक विकास मन्त्रालयले धुर्मुस र सुन्तलीसँग सम्झौता गर्न लागेको हो । आज मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयमा यस बारेमा सम्झौता हुने कार्यक्रम तय भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मुख्य मन्त्री तथा मन्त्री परिषद्को कार्यलयको सभाहलमा सामाजिक विकास मन्त्रालय र सीताराम कट्टेल (धुरमुस), कुञ्जना घिमिरे (सुन्तली) विच हुने द्विपक्षीय सम्झौता गर्न लागिएको सामाजिक विकास मन्त्री जीवन घिमिरेका स्वकीय सचिव शुसान्त बन्जाराले जानकारी