ग्यास सिलिन्डर लिक भएर इलाम बजारस्थित मालापथमा आगलागी ,

<span class='c1'>ग्यास सिलिन्डर लिक भएर इलाम</span> <span class='c2'>बजारस्थित मालापथमा आगलागी ,</span>

इलाम नगरपालिकाको इलाम बजारस्थित मालापथमा आगलागी भएको छ ।

आगलागीबाट समता स्कुलको पछाडि रहेको स्थानीय मनबहादुर गुरुङको दुइतले घरमध्ये एकतला पूर्ण क्षति भएको छ । छेउछाउमा अरु घर नजोडिएको हुँदा साे घरमा मात्र क्षति भएको छ ।

बिहान ६ः३० बजे शुरु भएको आगो ८ः०० बजे मात्र पूर्णरुपमा नियन्त्रणमा आएको थियो । इलाम नगरापलिकाको दमकल, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयबासीको सक्रियतामा आगो नियन्त्रणमा आएको हो ।

घरमा खाना बनाउन राखेको ग्याँस सिलिण्डर लिक भएर आगलागि भएको बताईएको छ । चारकोठे पक्की घरमाथि बनाइएको टिनको बेरा भएको चारकोठा पूर्णरुपमा क्षति भएको हाे ।

घरमा भएको सामान निकाल्न नपाए पछि सम्पूर्ण सामान पनि जलेर नस्ट भएको छ । घरमा के कति सामान थियो विवरण आउन नसकेकपछि कति मुल्य बराबरको क्षति भएको हो एकिन मुल्य आउन नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्