विराटनगर, १३ माघ ।
विराटनगर महानगरपालिका वडा नम्बर ८ मधुमारा वलुवाईमा एक बालिकाको शव फेला परेको छ ।
राती ८ बजे छिमेकीको घरमा टिभी हेर्न गएकी बालिका घर नफर्किएपछि खोजी गर्ने क्रममा उनको शव फेला परेको आफन्तले बताएका छन् ।
राती टिभी हेरेर कोठामा नै सुतेको हुनसक्ने भन्दै अभिभावकहरुले राती कुनै खोजी नै नगरेको र बिहान छोरी घरमा नभएपछि खोज्ने क्रममा बालिका सिँगिया खोलाको किनारमा मृत अबस्थामा फेला परेको मृतक बालिकाका बुबा रामप्रसादले बताए ।
उनको भेटिएको शवको मुखबाट रगत बगेको पाईएकोले बालिकाले आत्महत्या नगरी कसैले हत्या गरेको आरेप छ । उनको शव निर्बस्त्र अबस्थामा फेला परेको समेत प्रहरीले जनाएको छ । घटनाको बिषयमा अनसन्धान भईरहेको प्रहरीले जनाएको छ ।