विराटनगर १३ माघ । विराटनगरमा अनलाइन सपिङ्ग साईट सञ्चालनमा आएको छ । बिज संसार डट कम नाम दिएर अनलाइन सपिङ्ग साईट सुरु भएको हो । आईतबार एक कार्यक्रमविच उक्त साईटको अफिसियल लञ्च गरिएको छ ।
बिराटनगर र वरिपरिका सर्वसाधारणलाई घर बसीबसी अनलाइन सपिङ्ग गर्न साहयता होस् भन्ने उदेश्यले उक्त साइट लञ्च गरिएको साइटका प्रबन्ध निर्देशक संदिप तामाङले जानकारी दिए ।
विराटनगरका मेयर भिम पराजुलीले उक्त साइटको लञ्च गरेका थिए । उक्त सपिङ्ग साइटमा विभिन्न वस्तुहरु राखिएको र सामान ग्राहकले पाएपछि मात्रै पैसा तिर्नुपर्ने व्यवस्था गरिएको तामाङले जानकारी दिए ।
साथै उक्त साइटको ब्रान्ड एमबासिडर म्यान हन्ट इन्टरनेशनल तथा युवा अभियानता साजिद आलम रहेको पनि कार्यक्रममा घोषणा गरिएको थियो ।