विराटनगरमा ‘शान्ति र समृद्धिका लागि योग’ योग शिविरमा मन्त्रीदेखि कलाकारसम्म

विराटनगरमा ‘शान्ति र समृद्धिका लागि योग’ योग   शिविरमा मन्त्रीदेखि कलाकारसम्म

विराटनगर १३ माघ । विराटनगरमा ‘शान्ति र समृद्धिका लागि योग’ भन्ने मुल नाराका साथ सप्ताहव्यापी निः शुल्क बृहत योग शिविर सुरु भएको छ ।
प्रदेश १ को सामाजिक विकास मन्त्रालयको आयोजनामा आईतबार विहानबाट सुरु भएको छ । योग शिविरको १ नम्बर प्रदेशका प्रदेश प्रमुख गोबिन्द बहादुर तुम्बाहाङले उद्घाटन गर्नुभएको थियो ।
विराट नर्सिङ होमको पूर्व पट्टिको खाली मैदानमा सुरु भएको योग शिविरको उद्घाटन पछि बोल्दै प्रदेश प्रमुख तुम्बाहाङले दिमागलाई पनि स्वस्थ्य बनाउने वैज्ञानिक विधि योग रहेको बताउनु भयो । प्रदेशका नागरिकहरुको जीवन स्वस्थ्य रहोस् भन्ने उद्देश्यले सामाजिक विकास मन्त्रालयले सुरुवात गरेको बृहत योग शिविर अति उत्तम भएको उहाँको भनाइ छ । सामाजिक विकास मन्त्री घिमिरेले व्यायमलाई अभिन्न अंग बनाउने, हरेक बालबच्चाहरुलाई दिनमा आधा घण्टा योगमा सरिक गराउने अभियान सञ्चालन गर्न आफूहरु लागेको बताउनु भयो ।
नेपालका हास्य कलाकार सीताराम कट्टेल(धुर्मुस)ले योगामा सहभागीहरुलाई पेट मिची मिची हँसाएका थिए । धुर्मुसले स्वस्थ्य रहन हरेक दिन योगा गर्न आग्रह गरे । योग शिविरमा ख्यातीप्राप्त योग प्रशिक्षकहरुले योगा गराएका थिए भने मन्त्री जिवन घिमिरे, सिताराम कट्टेल(धुर्मुस), विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली, मोरङमा प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसी तथा हजारौँको संख्यामा उपस्थितहरुले योगा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्