अन्तराष्ट्रिय म्युजिक फेष्टीफल २०१९’ को सम्पुर्ण तयारी पुरा विराटनगरमा राखी सावन्त ७ लाख आईसीमा आउदै

अन्तराष्ट्रिय म्युजिक फेष्टीफल २०१९’ को सम्पुर्ण तयारी पुरा विराटनगरमा राखी सावन्त ७ लाख आईसीमा आउदै

प्रेम देवान
विराटनगर १३ माघ । विराटनगरमा पहिलो पटक हुन लागेको ‘अन्तराष्ट्रिय म्युजिक फेष्टीफल २०१९’ सम्पुर्ण तयारी पुरा भएको आयोजनकले जनाएको छ ।
मिष्ट्र डान्स गाइजको आयोजनामा हुन लागेको अन्तराष्ट्रिय म्युजिक फेष्टीफल २०१९’ को सम्पुर्ण तयारी भएको आयोजकले आईतबार विराटनगरमा पत्रकार सम्मेलनको अयोजना गरी जानकारी दिएको छ ।
पहिलो पटक विराटनगरमा भारतिय हट एण्ड सेक्सी आईटम डान्सर राखी सावन्तको साथमा एक दर्जन कलाकारको उपस्थित रहने आयोजकले जनाएको छ ।
बिराटनगरमा पछिल्लो समय एकपछि अर्को सांगीतिक तथा मनोरञ्जनात्मक कार्यक्रम आयोजना भइरहेका छन् । विराटनगरमा एकपछि अर्को कार्यक्रम भईरहरदाँ पुन अर्को अन्तराष्ट्रिय स्तरको म्यूजिककल कार्यक्रम हुदैछ ।
विराटनगर ७ मा रहेको मिष्ट्री डान्स गाईजको आयोजनामा बिराटनगरमा पहिलो पटक अन्तराष्ट्रिय स्तरको ‘अन्तराष्ट्रिय म्युजिक फेष्टीफल २०१९’ हुने भएको छ । सहन्सा इन्टरनेसनलको स्पोन्सरमा आयोजना हुने कार्यक्रम आगामी माघ १६ गते हुने आयोजकले जनाएको छ ।
पहिलो पटक विराटनगर आउन लागेकी आईटम डान्सर राखी सावन्तको प्रस्तुति हेर्न अत्याधिक दर्शक आउने अनुमान गरिएको छ । बिराटनगरको गोपाल फन पार्कमा आयोजना हुन लागेको कार्यक्रममा ईन्डियन आईडल २०१७ की फेम मानसी भारद्धाज, गायिका साईमा श्रेष्ठ, डान्सर कुमकुम सिद्ध, मिरा लामा,श्रेया गोयल, सध्या पौडेल ,ज्याकको नृत्य प्रस्तुति रहने छ । त्यसैगरी , विराटनगर अधिकांस डान्स सेन्टरका कलाकारहरुको प्रस्तुति रहने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्