विराटनगरमा जारी हिसान स्पोर्टस मिटमा टेबलटेनिस तर्फको उपाधि मेरिल्याण्डलाई

विराटनगरमा जारी हिसान स्पोर्टस मिटमा टेबलटेनिस तर्फको उपाधि मेरिल्याण्डलाई

विराटनगर,  १३ माघ ।
विराटनगरमा जारी ८ औं हिसान स्पोर्टस मिटको टेबल टेनिसतर्फको उपाधि मेरिल्याण्ड कलेजले जितेको छ । क्रिकेटमा कोशी र अरनिको तथा छात्र भलिबलमा लर्डबुद्ध, सिटी, कोसी र बाल्मिकी कलेज विजयी भएका छन् ।
हिसान मोरङले आयोजना गरेको प्रतियोगिता अन्तर्गत आइतबार भएको टेबलटेनिसको सबै इभेन्ट्सको उपाधि मेरिल्याण्ड कलेजले जितेको हो । छात्र टिम इभेन्ट्सतर्फ मेरिल्याण्डले अरनिको कलेजलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि जितेको हो । छात्रा टिम इभेन्ट्सतर्पm मेरिल्याण्डले कान्तिपुर कलेजलाई ३–० को सेटमा पराजित गर्दै उपाधि जितेको हो ।
त्यस्तै छात्रा एकतर्फ मेरिल्याण्डकी अंकिता उदासले मेरिल्याण्डकै पूजा दंगाललाइ ३–० को सेटमा पराजित गर्दै उपाधि जितेको हो । छात्र एकतर्फ मेरिल्याण्डका राहुल साहले शिक्षादीप कलेजका खबुलाल साहलाई ३–० को सेटमा पराजित गरे ।
त्यस्तै क्रिकेटको पहिलो खेलमा कोशी कलेजले शिक्षादीप कलेजलाई १ रनले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । टस जितेर ब्याटिङ गरेको कोसीले २० ओभरमा ८ विकेटको क्षतिमा ९९ रन बनायो । जसमा पियुष श्रेष्ठले ३३, सिद्धान्त साहले २२ र अमित यादवले १३ रन बनाए । बलिङमा शिक्षादीपका प्रनिश पौडेलले २ तथा आभाष ओढारी, समिति रौनियार र निरज मण्डलले १–१ विकेट लिए ।

१ सय रनको विजय लक्ष्य पछ्याएको शिक्षादीपले २० ओभरमा ९ विकेटको क्षतिमा ९८ रनमै समेटियो । जसमा राजन मगरले २३, लव विश्वकर्माले २१, शुभम दास र उत्सव बरालले ११–११ रन बनाए । बलिङमा कोसीका म्यान अफ द म्याच पियुष श्रेष्ठ र अमित यादवले २–२ लिए भने विशाल मण्डल र अमन मण्डलले १–१ विकेट लिए ।
दोस्रो खेलमा अरनिको कलेजले कान्तिपुर कलेजलाई २ विकेटले पराजित गर्दै क्वार्टरफाइनलमा पुग्यो । टस जितेर ब्याटिङ गरेको कान्तिपुरले १९ ओभर ३ बलमा सबै विकेटको क्षतिमा १ सय ५ रन बनायो । १ सय ६ रनको विजयी लक्ष्य पछ्याएको अरनिकोले १९ ओभर १ बलमा ८ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो ।
त्यसैगरी, छात्र भलिबलतर्पmको पहिलो खेलमा कोबास कलेज खेल्न नआएपछि लर्डबुद्ध कलेज वाकओभरका आधारमा विजयी हुँदै क्वार्टरफाइनलमा पुग्यो । दोस्रो खेलमा सिटी कलेजले दिल्ली पब्लिक स्कुललाई २५–१७ र २५–२० को सोझो सेटमा पराजित गर्दै क्वार्टरफाइनलमा पुग्यो । सिटीका रविन थापा म्यान अफ द म्याच भए ।
तेस्रो खेलमा कोसी कलेजले रेडस्टार स्कुललाई २५–१६ र २५–१३ को सोझो सेटमा पराजित गर्दै क्वार्टरफाइनलमा पुग्यो । म्यान अफ द म्याच रेडस्टारका अभिषेक बस्नेत भए । चौथो खेल पथरीको बाल्मिकी स्कुलले मेरिल्याण्ड कलेजलाई १९–२५, २५–२१ र २७–२५ को सेटमा पराजित गर्दै क्वार्टरफाइनलमा पुग्यो । म्यान अफ द म्याच मेरिल्याण्डका निकेश चौधरी भए ।
भोलीको खेल
प्रतियोगिता अन्तर्गत सोमबार फुटबलतर्फ ग्रिनल्याण्ड र रेडस्टार र अर्को कोसी र मोर्डनएरबीच सेमिफाइनल खेल हुनेछ । क्रिकेटको पहिलो खेल ग्रिनल्याण्ड र मेरिल्याण्ड दोस्रो खेल अरनिको र लर्डबुद्धबीच हुनेछ । भलिबल छात्र भलिबलको पहिलो खेल शिक्षादीप र ग्रिनल्याण्ड, दोस्रो खेल सिर्जनाज्ञान कुञ्ज र पथरीको एभरेष्ट, तेस्रो खेल लर्डबुद्ध र मोर्डनएरा तथा चौथो खेल सिटी र कान्तिपुर कजेल बीच हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्