विराटनगर, १४ माघ । विराटनगरमा रात्रीकालिन काम शुरु भएको छ । लामो समयसम्म पनि बिराटनगरको विकासको कामले गति लिन नसकेपछि विराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीको निर्देशनमा आईतवार देखि रात्रीकालिन काम शुरु भएको हो ।
आफ्नो फेसबुक स्टाटसमा फोटो साबैजनिक गर्दै मेयर भिम पराजुलीका प्रेस संयोजक कौशल निरौलाले अब विराटनगरको विकासको काम रात्रीको समयमा पनि लेखेका छन् । उनले रात र दिन दुवै सिफ्ट काम हुने । विराटनगरको हस्पिटल चोक,सहिद मैदान छेउ र मेनरोडमा कामको गतिलाई रातीको समयमा समेत तिब्र पारिएको कामको मेयर पराजुलीले समेत अनुगमन गरेको उनले लेखेका छन् ।