बेलडाँगी भुटानी शरणार्थी शिविरमा आगलागी, ११ वटा छाप्रा जले

<span class='c1'>बेलडाँगी भुटानी शरणार्थी शिविरमा आगलागी,</span> <span class='c2'>११ वटा छाप्रा जले</span>

दमक, १४ माघ । झापाको दमक– ३ बेलडाँगी स्थित भुटानी शरणार्थी शिविरमा आइतबार साँझ आगलागी भएको छ । आगलागीबाट ११ वटा छाप्रा जलेर नष्ट भएका छन् भने एउटा छाप्रामा आंशिक क्षति पुगेको छ ।

वेलडाँगी २ सेक्टर बी ४ को लिला थापाको छाप्राबाट सुरु भएको ईलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायव उपरिक्षक श्यामल सुब्बाले जानकारी दिएका छन् । आगो २ घण्टामा  निभाइएको थियो । आगो कसरी फैलियो यकिन हुन नसकेको शिविर व्यवस्थापन समितिका सचिव टिकाराम रसाईलीले जानकारी दिए । आगोलागीबाट मानवीय क्षति भने नभएको र क्षतिको पूर्ण विवरण आइनसकेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

आगलागीबाट ३० जना बिचल्लीमा परेका छन् । विस्थापितलाई आम्दाको हलमा व्यवस्थापन गरिएको शरणार्थी दातृ निकाय यूएनएचसीआरले जानकारी दिएको छ । क्षतिको बिवरण संकलन गर्ने कार्य भईरहेको सचिव रसाईलीले जानकारी दिए । घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्