प्रदेश १काे स्वास्थ्य प्रवर्द्धन सचेतना सद्भावना दूतमा धुर्मुस र सुन्तली

<span class='c1'>प्रदेश १काे स्वास्थ्य प्रवर्द्धन सचेतना सद्भावना</span> <span class='c2'>दूतमा  धुर्मुस र सुन्तली</span>

विराटनगर, १४ माघ । प्रदेश १ को सामाजिक विकास मन्त्रालयले स्वास्थ्य प्रवद्र्धन सचेतना सद्भावना दूतमा कलाकार सीताराम कट्टेल (धुर्मुस), कुञ्जना घिमिरे (सुन्तली) लाई नियुक्त गरेको छ । सामाजिक विकास मन्त्रालयले धुर्मुस र सुन्तलीसँग एक बर्षका लागि सद्भावना दूत नियुक्त गरेको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा आइतबार आयोजित समारोहमा सामाजिक विकास मन्त्रालयका निमित्त सचिव उपेन्द्र दाहाल र सीताराम कट्टेल (धुर्मुस)ले द्विपक्षीय सम्झौतापत्रमा हस्ताक्षर गरे ।

सम्झौता अनुसार एक बर्षका लागि धुर्मुस र सुन्तलीले राष्ट्रिय स्वास्थ्य नीति–२०७१ र नसर्ने रोगको रोकथाम तथा नियन्त्रण कार्यान्वयन योजना प्रर्वद्धनका लागि सचेतना अभियान सञ्चालन गर्नेछन् । सद्भावनादूतले ‘एक घर, पाँच योग, पाँच जडीबुटी, पाँच वटा सकारात्मक व्यवहार’, ‘मेरो फोहर म आफैैं सफा गर्छु’ र ‘समुदायको सरसफाइमा मेरो दायित्व’ लगायत जनचेतनामूलक कार्यक्रम कार्यक्रम सञ्चालन गर्नेछन् । मुख्यमन्त्री शेरधन राईले २ जना पात्रकाे सहयाेगमा प्रदेशमा स्वास्थ्य प्रवर्द्धनकाे काम शुरु भएसँगै राेगकाे सङ्क्रमण तथा सरसफाईकाे बारेमा सबै तह र तप्कासम्म सन्देश पुग्ने बताए । उनले याे अभियान तल्लाे तहसम्म पुग्नेमा आफु विश्वस्त रहेकाे सुनाए ।  सामाजिक विकास मन्त्री जीवन घिमिरेले प्रदेश सरकारकाे प्राथमिकतामा परेकाे स्वास्थ्थ अभियानलाई सार्ठ्ठक बनाउनकाे लागि धुर्मुस सुन्तलीसँग सम्झाैता गरेर काम थालिएकाे बताए ।

सम्झाैता पछि कार्यक्रममा बाेल्दै सीताराम कट्टेल (धुर्मुस) ले सरकारलाई सहयाेगीकाे रुपमा काम गर्दै आएकाेमा आगामी दिनमा पनि अहाेरात्र खटिएर  प्रदेश सरकारसँग भएकाे सम्झाैताकाे ११० प्रतिशत काम पुरा गरेर देखाउने प्रतिवद्धता जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्