सुन्दर हरैचामा टिप्पको ठक्करबाट बालिकाको मृत्यु, स्थानीयले टिप्पर जलाए

<span class='c1'>सुन्दर हरैचामा टिप्पको ठक्करबाट बालिकाको</span> <span class='c2'>मृत्यु, स्थानीयले टिप्पर जलाए</span>

विराटनगर, १४ माघ । मोरङको सुन्दर हरैंचा नगरपालिका ९ सिसौघारीमा टिप्परको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । आज बिबहान विराटचौकबाट– बिराटनगरतर्फ आउँदै गरेको ना ३ ख ३३५५ नम्बरको टिपरले ठक्कर दिँदा सुन्दरहरैंचा ९ की ११ वर्षीय बालिका लक्ष्मी ढकालको ज्यान गएको हो । तीव्र गतिमा रहेको टिप्परले बाटो काट्दै गरेकी बालिकालाई ठक्कर दिएको प्रहरीले जनाएको छ । ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।

ठक्कर दिएर भाग्दै गरेको टिप्पर बेलेपुर चौक नजिकै सडक छेउको एउटा रुखमा ठोक्किएर दुर्घटनामा परेको थियो । दुर्घटनामा परे लगत्तै स्थानीयले टिप्परमा आगो लगाएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामप्रसाद राईले जानकारी दिए।
दुर्घटनापछि स्थानीय बासिन्दाले सडकमा गुडिरहेका अन्य आधा दर्जन टिपरमा पनि तोडफोड गरेका छन्। दुर्घटना लगत्तै विराटचौक –विराटनगर सडक खण्डको बेलेपुर र सिसौघारीमा स्थानीय बासिन्दाले नाराजुलुस प्रदर्शन गरेका छन् । स्थानीय बासिन्दाले टिप्पर आतंक रोक्नु पर्ने माग गर्दै प्रदर्शन थालेपछि स्थिति असामान्य बनेको प्रहरीले जनाएको छ। स्थानीय बासिन्दाले घटनास्थलमा जान खोजेको प्रहरीमाथि समेत ढुँगा प्रहार गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्