‘टिप्पर आतंक’विरुद्ध जनआक्रोश बढेपछि सुन्दर हरैचामा निषेधाज्ञा

‘टिप्पर आतंक’विरुद्ध जनआक्रोश बढेपछि सुन्दर हरैचामा निषेधाज्ञा

विराटनगर, १४ माघ । मोरङको सुन्दर हरैंचा नगरपालिका–९ सिसौघारीमा टिप्परको ठक्करबाट सोमवार एक बालिकाको मृत्यु भएपछि स्थिति तनावपूर्ण रहेको छ । जिल्ला प्रशासन कार्यालय मोरङले स्थानीयको प्रदर्शनले उग्ररुप लिएपछि बिहान पौने ११ बजेदेखि अर्काे आदेश जारी नभएसम्म सो क्षेत्रमा निषेधाज्ञा (कर्फ्यू) जारी गरेको छ ।प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीका अनुसार विराटचोकदेखि विराटनगर आउने बेलेपुर क्षेत्रमा निषेधाज्ञा जारी गरिएको हो ।

स्थानीय वासिन्दाले टिप्पर आतंक रोक्नुपर्ने माग गर्दै प्रदर्शन गर्न थालेपछि त्यहाँको स्थिति असामान्य बनेको छ । उक्त स्थानमा कुनै पनि अप्रिय घटना हुन नदिन आवश्यक प्रबन्ध गरिएको प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए । विराटचोकबाट–विराटनगरतर्फ सोमवार बिहान आउँदै गरेको ना३ख ३३५५ नम्बरको टिप्परले बाटो काट्दै गरेका बेला ठक्कर दिँदा सुन्दरहरैंचा–९ की ११ वर्षीया बालिका लक्ष्मी ढकालको ज्यान गएको हो ।

ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ । दुर्घटनापछि स्थानीय वासिन्दाले ठक्कर दिने टिपरका साथै सडकमा गुडिरहेका अन्य आधा दर्जन टिप्परमा पनि तोडफोड गरी क्षति पुर्याएका छन् । स्थानीय वासिन्दाले टिप्पर आतंक रोक्नुपर्ने माग गर्दै प्रदर्शन थालेपछि स्थिति असामान्य बनेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्