नक्कली ब्लु बुक बनाएर २ करोडभन्दा बढी ठगी, बैंकका कर्मचारीसहित ८ जना पक्राउ

<span class='c1'>नक्कली ब्लु बुक बनाएर २ करोडभन्दा बढी</span> <span class='c2'>ठगी, बैंकका कर्मचारीसहित ८ जना पक्राउ</span>

काठमाडौं, १४ माघ ।  नक्कली ब्लु बुक बनाएर सवारी कर्जाको नाममा रकम निकालेर ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ।प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले देव विकास बैंकका विभिन्न शाखाबाट नक्कली ब्लु बुक बनाएर ठगी गरेको आरोपमा पक्राउ गरेको हो।

पक्राउ पर्नेमा काभ्रेको भुम्लु गाउँपालिका–१ का ३६ वर्षीय नारायण श्रेष्ठ, सोही ठाउँका ३० वर्षीय बालकृष्ण श्रेष्ठ, ३४ वर्षीय चेतबहादुर श्रेष्ठ, २६ वर्षीय विकास श्रेष्ठ, ३२ वर्षीय नवीन श्रेष्ठ, काभ्रेको चौबास–४ का ४२ वर्षीय कृष्णबहादुर खत्री, पर्साको वीरगञ्जका नरेशमान सिह अमात्य र काठमाडौंका ३७ वर्षीय सरिन शंकर श्रेष्ठ छन्।

नरेशमान बैंकका मुल्याङकनकर्ता हुन् भने सरिनशंकर बैंकका शाखा प्रबन्धक हुन्। ठगी प्रकरणका मुख्य योजनाकार नारायण श्रेष्ठ हुन्। उनैको योजनामा नक्कली ब्लु बुक बनाएर अन्य व्यक्तिलाई ऋणी बनाइ रकम निकालिएको थियो।

उनै नारायणले मुल्याङ्कनकर्ता र शाखा प्रबन्धकलाई समेत प्रलोभनमा पारेर ऋण निकासी गरेका थिए।उनीहरुले मुल्याङकनकर्तालाई सवारी साधन देखाएर ब्लु बुक लगत विवरणमा सही छाप गरी धितो राखेर ऋण लिएका थिए।यसरी उनीहरूले बैंकलाई २ करोड १० लाख ८ हजार ९ सय २६ रुपैयाँ नोक्सानी गरेको सिआइबीले जनाएको छ।उनीहरुमाथि बैंकिङ कसुर र सरकारी छाप दस्तखत किर्ते मुद्दामा अनुसन्धान गरी सरकारी वकिलको कार्यालय काठमाडौं र ललितपुरमा कागजात पेस गरिएको सिआइबीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्