हृदयघात भएका पूर्वयुवराज पारस शाहको मुटुको दुवै ब्लकेज खाेलियाे

<span class='c1'>हृदयघात भएका पूर्वयुवराज पारस शाहको</span> <span class='c2'>मुटुको दुवै ब्लकेज खाेलियाे</span>

काठमाडाै, १४ माघ । हृदयघात भएका पूर्वयुवराज पारस शाहको मुटुको दुवै ब्लकेज खोलिएको छ। उनको स्वास्थ्य अवस्था स्थिर तर अझैपनि गम्भीर रहेको छ।  ललितपुरको मंगलबजारस्थित कोपितेश्वर महादेव र हिरण्यवर्ण मन्दिरमा पूजाअर्चना गर्दै गर्दा अप्ठ्यारो भएपछि उनलाई सोमबार अपरान्ह सवा ४ बजे नर्भिक अस्पतालमा भर्ना गरिएको थियो। ’अस्पतालका मुटु रोग विभाग प्रमुख डाक्टर यादव भट्ट नेतृत्वको टोलीले उनको मुटुको ब्लक खुलाएर स्टेन्ट हालेको छ', अस्पताल स्रोतले भन्यो, 'उहाँको स्वास्थ्य अवस्था स्थीर छ। तर अझैपनि खतरामुक्त छैन।’

यसअघि दुई पटक हृदयघातबाट गुज्रिएका पारस तेस्रो पटक हृदयघातपछि अस्पताल पुगेका हुन्।यसअघि मन्दिरमा डेढ घण्टा बिताएका पारसलाई पञ्चकन्याले फूलमालाका स्वागत गरेका थिए। शाह मन्दिर पुग्दा स्वागत गर्न ललितपुरका मेयर चिरिबाबु मर्हजन समेत पुगेका थिए। लामो अन्तरालमा सार्वजनिक स्थलमा देखापरेका पारसलाई हेर्न भीड जम्मा भएको थियो। पारस मन्दिरमा भने हँसिलो मुद्रामा थिए। पारसलाई हेर्न  भीड जम्मा भएपछि प्रहरी परिचालन भएको थियो।

श्रीमतीसँग लामो समय छुट्टिएर बसेका उनी केही समययता भने परिवारसँग घुलमिल भइरहेका थिए। पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानी कोमल भने अहिले सिमरामा छन्। पूर्वयुवराज पारस शाहलाई हृदयघात भएपछि सिमरामा रहेको उनकी आमा तथा पूर्वरानी कोमल गाडीबाटै काठमाडौं हिँडेकी छन्।

हवाइ जहाजको टिकट नपाएका कारण उनी खबर पाउने बित्तिकै गाडीबाट काठमाडौं हिँडेकी सिमरा इलाका प्रहरीका प्रहरी निरीक्षक सुवास हमालले जानकारी दिए। उनी अहिले हेटौंडा कटिसकेकी छन्।बुबा ज्ञानेन्द्र भने मंगलबार बिहान हवाइ जहाजबाटै आउने तयारी गरिरहेका छन्। प्रहरी निरीक्षक हमालका अनुसार भोलि बिहानका निम्ति पनि टिकट पाइएको भने छैन। 'टिकट पाइएको छैन, तर बिहानको मिल्ला भन्ने आशा छ,' हमालले भने। सेताेपाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्