अपडेट : सुन्दर हरैचामा लगाईएको निषेधित क्षेत्र ८ बजेपछि मोरङ प्रशासनद्वारा फिर्ता

अपडेट :  सुन्दर हरैचामा लगाईएको निषेधित क्षेत्र ८ बजेपछि मोरङ प्रशासनद्वारा फिर्ता

विराटनगर, १४ माघ ।
११ वर्षीया बालिका लक्ष्मी ढकालको आज ट्रिफरको ठक्करबाट मृत्युभएपछि तनावग्रस्त बनेको सुन्दर हरैंचास्थित बेलेपुरको अवस्था विस्तारै सामान्य बन्दै गएको छ । स्थानीय जनप्रतिनिधि तथा पिडित पक्षविच भएको वार्तापछि सडकबाट आज बेलुका सब उठाएर आफन्तको जिम्मा लगाइएको छ । वर्तामा पछि ७ बुँदे सहमती भएसँगै अबरुद्ध सडक स्थानीयले छाडेका छन् भने निषेधित क्षेत्र फिर्ता लिईएको छ । आज बिहान ११ बजेदेखि लागेको निशेधित क्षेत्र साँझ ८ बजे फिर्ता लिईएको मोरङका प्रमुख जिल्ला अधिकारी रमेश केसीले जानकारी दिए । उनले अहिलेको पछिल्लो अबस्थालाई मध्यनजर गर्दै निषेधाज्ञा फिर्ता लिईएको बताए ।
विराटचोक–विराटनगर सडकखण्डअन्तर्गत सिसौंघारीमा टिपरको ठक्करबाट स्थानीय बालिकाको मृत्युपछि सुरु भएको आन्दोलनले उग्र रुप लिएको थियो । ना ३ ख ३३५५ नम्बरको ट्रिपरको ठक्करबाट बालिकाको ज्यान गएपछि आक्रोसित स्थानीयले ११ वटा ट्रिपरमा आगजनी गरेका थिए ।।
जसमध्ये सातवटा ट्रिपर पूर्ण रुपका ध्वस्त भएका छन् । घटनापनि स्थिति असामान्य बन्दै गएपछि प्रशासनले दुर्घटनाग्रस्त क्षेत्रमा निषेधाज्ञा जारी गरेको थियो । तर आक्रोसित स्थानीयवासीले निषेधाज्ञा तोड्दै प्रदर्शन गरेका थिए । बालिकालाई ठक्कर दिएपछि सामान्य घाइते बालिकालाई पुनः पछाडि सारेर ट्रिपरले किचेको स्थानीयको आरोप छ । ट्रिपरका कारण समयसमयमा दुर्घटना भएको भन्दै नियमविपरित प्रशासनसँगको मिलोमतोमा जुनसुकै बेला ट्रिपर सञ्चालन गरिएको भन्दै स्थानीय आक्रोशित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्