विराटनगरको खोला किनारमा हत्या भएको अबस्थामा भेटिएकी बालिको शब आफन्तले बुझे

विराटनगरको खोला किनारमा हत्या भएको अबस्थामा भेटिएकी बालिको शब आफन्तले बुझे

विराटनगर, १४ माघ ।
विराटनगर–१० बलुवाही, सिंघीया खोला किनारमा शंकास्पद अवस्थामा मृत अवस्थामा फेला परेकी बालिका रुपमती दासको शव मृतकको परिवारलाई बुझाइएको छ । घटनाको अनुसन्धानमा जुटेको प्रहरीले घटनास्थल आसपासका संकास्पद आधा दर्जन जतिलाई सोधपुछका लागि नियन्त्रणमा लिएको स्रोतले जनाएको छ ।
आइतवार दिउँसो शंकास्पद अवस्थामा मृत फेला परेकी दासको शव धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोष्टर्माटमपछि मृतकका परिवारलाई बुझाइएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता घनश्याम श्रेष्ठले पोष्टमार्टम रिपोर्ट आउन केही दिन लाग्ने भएकाले मृत्युको कारण खुल्न नसकेको बताए । उनले बालिका मृत्युको घटनालाई सूक्ष्म रुपमा अनुसन्धान भइरहेको जानकारी दिए । ११ वर्षीया बालिका रुपमती दासको शव आइतबार दिउसो घरभन्दा ५ सय मिटर दक्षिण–पूर्व सिंघीया खोलामा निर्वस्त्र अवस्थामा भेटिएको थियो ।
बालिका दास शनिवार साँझ छिमेकीको घरमा टिभि हेर्न जान्छु भनेर निस्किएपछि बेपत्ता भएकी थिइन् । शवको प्रकृति हेर्दा बलात्कारपछि हत्या गरिएको हुनसक्ने स्थानियले आशंका गरेका छन् । मकालु टेलिभिजन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्