धरान, १५ माघ । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको भ्रष्ट्राचारविरुद्ध उजुरी परेपछि छानबिनको कारण देखाउँदै रोकिएको आकस्मिक कक्ष विस्तार पुनः सुचारु भएको छ । बिरामीको चाप बढ्दै गएपछि आकस्मीक कक्षको विस्तारले गुणस्तरीय सेवा प्रदान गर्न सकिने विश्वास लिइएको छ ।
६ महिना अघि स्वास्थ्यमन्त्री उपेन्द्र यादवको निर्देशनमा आकस्मीक कक्षको विस्तार शुरु भएकै भोलिपल्ट बन्द भएको थियो । आकस्मिक कक्ष बिस्तारको कार्यक्रम तथा बजेट कार्यकारिणी समिती र सिनेट बैठकले निर्णय पारित गरे पनि छानबिनका कारण देखाउँदै रोकिएको विस्तार कार्य मन्त्री यादवकै निर्देशनमा पुनः सुचारु भएको छ ।
हाल संचालनमा रहेको ६५ जना क्षमता भएको आकस्मिक कक्षमा बिरामीको चाप बढ्दै गएपछि साँघुरो हुँदै गएको छ । दैनिक करिब १ सय २० जना बिरामीलाई भुईमा राखेर उपचार गराउनुपर्ने बाध्यता रहेको छ ।