विराटनगरको नयाँ टर्मिनल बसपार्क भोलीदेखि संचालनमा आउने, यस्तो छ तयारी

विराटनगरको नयाँ टर्मिनल बसपार्क भोलीदेखि संचालनमा आउने, यस्तो छ तयारी

प्रेम देवान, ओवी ।
विराटनगर, १५ माघ । ३ महिना अगाडि नै संचालनमा आउने भनिएको विराटनगरको टर्मिनल बसपार्क माघ १६ गतेदेखि औपचारिक रुपमा संचालनमा आउने भएको छ । विराटनगर ११ मा रहेको पुरानो बसपार्कलाई भत्काएर नयाँ प्रारुप दिईएपछि संचालनको तयारी गरिएको हो । निर्माणको ठेक्का लिएको निर्माण कम्पनीले ६ महिना अगाडि नै निर्माण कार्य सम्पन्न भएको दावी गरेको भएपनि विविध प्राविधीक कारण देखाउदै बसपार्क संचालनमा आउन सकेको थिएन ।

निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनी गौरी–पार्वती निर्माण सेवाले गत कात्तिकमा आफ्नो सम्पुर्ण निर्माणको काम सकिएको जनाएको थियो । २०७३ फागुनदेखि शुरु भएको निर्माण कामको १८ महिनाको थियो । तर २०७५ कात्तिकसम्मको समय दिएर २० महिनामा निर्माण पुरा भएको हो । बसपार्कको जिम्मा लिएको गौरी– पार्वती निर्माण कम्पनी आफ्नो तर्फबाट बनाउने काम गत कातिकमा नै सम्पन्न गरेको गौरी पार्वती निर्माण कम्पनीका सुर्दशन थापाले जानकारी दिए ।
‘हामीले हाम्रो तर्फ सम्पुर्ण काम सकिसकेको भनेर महानगरलाई ३ महिना अगाडि नै हस्तान्तरणको लागि पत्र पठाईसकेका थियौँ ।’ उनले भने ‘तर विभिन्न कारणले गर्दा तोकिएको समयमा हामीले हस्तान्तरण गन पाएनौ ।’
निर्माण पुरा भएर लामो समयसम्म पसपार्क हस्तान्तरण नहुँदै उद्घाटन अगावै सवारी साधनहरु पार्किङमा राखिएका छन् । कुनै पनि सवारी साधनलाई प्रवेश नगराउने भनिएपनि अहिले टर्मिनल बसपार्क भित्र बस र माईक्रोबस स्टेशन नै बनाएर बसेका हुन् ।
बसपार्कको भवन अगाडि खुद्रा चिया पसलका ठेलाहरु समेत राख्न थालिएका छन् । बसपार्क भित्र ठेक्का प्रक्रियामा मात्र पसलहरु संचालन गर्न दिने तयारीमा बिराटनगर महानगरपालिका रहेको छ । उद्घाटन अगावै सवारी साधन र खुद्रा पसल गर्नेहरुको विषयमा अहिलेसम्म महानगर केही बोलेको छैन ।
उद्घाटनको यस्तो तयारी
उद्घाटनको लागि पटक – पटक मिति सार्दैआएको महानगरले यसपटक भने शत्प्रतिशत बसपार्क संचालनमा आउने दावी गरेको छ । विराटनगरमा बनेको सुविधा सम्पन्न बसपार्क तिहार अगाडि उद्घाटन गरी संचालनमा ल्याउने भनेर मेयर भिम पराजुलीले भनेका थिए तर त्यो अबधिमा संचालनमा आउन सकेन त्यसको एउटा मात्र कारण थियो, बसपार्क पुर्वमा पर्ने नालाको स्ल्याब बनाउन ६ लेन सडक परियोजनाको आलटाल । तर अहिले पनि यो ६ लेनको सडक परियोजनाको नाला निर्माण देखी स्ल्याप लगाउने काम सम्पुर्ण काम भई सकेकोले माघ १६ गते नयाँ बसपार्क टर्मिनल संचालनमा आउने मेयर भीम पराजुलीले दावी गरे । ‘तीन महिना अगाडि नै सञ्चालनमा ल्याउने तयारी गरेका थियौँ मेयर पराजुलीले भने, ‘प्राबिधिक समस्या र ६ लेनको नाला निर्माणमा ढिलाईले सुचारु हुन सकेन ।’
तर यसपटक भने पक्का संचालनमा आउछ मेयर परालुलीले भने, ‘हामीले माघ १६ गते टर्मिनल बसपार्कको उद्घाटनको लागि सम्पुर्ण तयारी गरिसेका छौ ।’ बसपार्क प्रदेश नम्बर एकका मुख्य मन्त्री शेरधन राईले उद्घाटन गर्ने कार्यक्रम रहेको छ।
नगर विकास कोषको ८ करोड ४७ लाख ऋण सहयोगमा महानगरपालिकाले बसपार्क निमार्णको काम सुरु गरेको थियो । ३० कठ्ठा क्षेत्रमा निर्माण गरिएको बसपार्कमा साना ठूला गरी ६० वटासम्म बस अट्नेछन् ।
अहिले बनेको बसपार्क एक नम्बर प्रदेश कै नमुना टर्मिनल बसपार्कका रुपमा चिनिनेछ । बसपार्कमा पहिलो तल्लामा रेष्टुरेन्ट, लगेज रुम र प्रशासन कक्ष रहने छ । ब्यवस्थित टिकट काउन्टर, सपिङ सेन्टर, यात्रुहरुका लागि वेइटिङ रुम रेष्टुरेन्ट, ब्यागेजहरु राख्ने स्थान रहने छ ।
बस टर्मिनलको भुईँतल्लामा आउट र इन डोर रहनेछ भने सबै तिर गरी ८ वटा टिकट काउन्टर रहनेछ । भुईँ तल्लामा नै बस पार्कको कार्यालय बनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्