सुनसरीमा भैंसी सुन्दरी प्रतियोगितामा विजेता बनेका भैंसी मालिकलाई लैनो भैंसी उपहार

<span class='c1'>सुनसरीमा भैंसी सुन्दरी प्रतियोगितामा विजेता बनेका</span> <span class='c2'>भैंसी मालिकलाई लैनो भैंसी उपहार</span>

इनरुवा,१५ माघ । सुनसरीको कोशी गाउँपालिकामा सम्पन्न भैंसी सुन्दरी प्रतियोगिताको बिजेतालाई भैंसी उपहार प्रदान गरिएको छ । कोशी कटानमा सम्पन्न प्रतियोगितामा प्रतिष्पर्धा गराइएका ९० वटा भैंसी मध्ये छनौटका आधारमा उत्कृष्ठ ठहरिएको भैंसी सुन्दरी धनी विन्देश्वर इशरलाई प्रथम पुरस्कार वापत लैनो भैंसी प्रदान गरिएको हो ।

कोशी गाउँपालिकाले आयोजना गरेको भएपनि भैंसी सुन्दरीलाई प्रदान गरिएको प्रथम पुरस्कार वापतको लैनो भैंसी भने इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताले प्रदान गरेका हुन् ।
एक नम्वर प्रदेशका प्रमुख प्रतिपक्षी दलका नेता राजीब कोइराला सहित इनरुवा नगरपालिकाका प्रमुख मेहता र कोशी गाउँपालिका अध्यक्ष ऐयुब अन्सारीले संयुक्त रुपमा पुरस्कार वितरण गरेका हुन् ।

सुनसरीमा भैंसी सुन्दरी प्रतियोगिताको अवधारणा भने पहिलो पटक इनरुवा नगरपालिकाले अघि सारेको थियो । सोही अनुरुप प्रतियोगिताको तयारी थाल्दै गर्दा नगर प्रमुख राजन मेहताले व्यक्तिगत पहलमा १ लाख ५० हजार लागतको भैंसी खरिद गरेका थिए । 

अल्पमतमा रहेका मेयर मेहताको सो प्रस्ताव कार्यापालिकाबाट पारित हुन नसक्दा भैंसी थन्किन पुगेको थियो । कोशी गाउँपालिकासँग भगिनी समवन्ध गाँसेसँगै इनरुवा नगर प्रमुखले इनरुवाको लागि खरिद गरिएको भैंसी कोशी गाउँपालिकामा आयोजित भैंसी सुन्दरी प्रतियोगिताको बिजेतालाई हस्तान्तरण गरेका हुन् । कार्यक्रममा भैसीं सुन्दरी सहित गाई सुन्दरीमा उत्कृष्ठ ठहरिएका धनीलाई नगद सहित सम्मान गरिएको थियो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्