दिनभर तनावग्रस्त बनेको बिराटचौकको जनजिवन सामान्य बन्यो

<span class='c1'>दिनभर तनावग्रस्त बनेको</span> <span class='c2'>बिराटचौकको जनजिवन सामान्य बन्यो</span>

बिराटचौक माघ १५ ।

सुन्दरहरैचा नगरपालिका ११ विराटचोक–विराटनगर सडक खण्डमा पर्ने बेलेपुर नजिक सिसौगाछीमा बालिकालाई ठक्कर दिइ मृत्यु भएको घटनाको विषयमा  सोमबार दिनभर तनावग्रस्त बनेको सुन्दरहरैचा नगरपालिका साँझदेखि बिस्तारै शान्त बनेको छ । सुन्दर हरैंचा नगरपालिकाको पहलमा पीडित पक्षसँग सहमति भएपछि जनजिवन सामान्य बन्दै गएको हो ।
सहमति पछि सोमबार साँझ मृतक बालिका लक्ष्मी ढकालको शव पोष्ट मार्टमका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिएका छन ।

सहमतिपछि पूर्व पश्चिम राजमार्ग लगायत विराटचोकबाट दक्षिणतर्फ दोहोरो सवारी साधन सुचारू भएको छ भने जिल्ला प्रशासन कार्यालय मोरङबाट जारी निषेधित क्षेत्र राति ८ बजेदेखि हटाईएको छ । 

नगरपालिकाका प्रमुख शिवप्रसाद ढकालको अगुवाइमा बसेको सर्वपक्षीय बैठकले सो सडकमा हाललाई टिपर संचालनमा पूर्ण रोक लगाउने, पीडित परिवारलाई क्षतिपूर्तिको पहल नगरपालिकाले गर्ने लगायतका विषयमा सहमति गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्