सुन्दरहरैँचा सडक दुर्घटना : संयुक्त बैठकमा के-के भयो सहमति ?

<span class='c1'>सुन्दरहरैँचा सडक दुर्घटना : संयुक्त</span> <span class='c2'>बैठकमा के-के भयो सहमति ?</span>

उर्लाबारी माघ १५ ।

मोरङको सुन्दरहरैँचा नगरपालिका–९ मा सोमबार बिहान टिपरको ठक्करबाट बालिकाको मृत्यु भएपछिको तनावलाई नियन्त्रणमा लिन प्रशासनले लगाएको निषेधाज्ञा हटाइएको छ ।

विराटचौकबाट हरैँचातर्फ जाँदै गरेको ना ३ ख ३३५५ नम्बरको टिपरको ठक्करबाट सोही ठाउँकी ११ वर्षीया बालिका लक्ष्मी ढकालको बिहान मृत्यु भएको थियो । बालिकाको मृत्युपछि स्थानीयवासीले घटनाको छानबिन गर्नुपर्ने र दोषीलाई कारवाही गर्नुपर्ने भन्दै सडकमै शव राखेर दिनभर प्रदर्शन गरेका थिए । बालिकालाई ठक्कर दिएकासहित दुर्घटनास्थल वरपर आइपुगेका को १ ख ५८३३, को १ ख ५६८४, को १ ख ६५६३, को १ ख ५४०७ र ना ३ ख ४५८७ नम्बरका टिपरमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार आगोले जलेको अर्को एउटा टिपरको भने नम्बर पहिचान हुन सकेन । दुर्घटनापछि उत्पन्न असहज परिस्थितिलाई नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालयले विराटचोकदेखि बेलेपुरसम्मको तीन किलोमिटर क्षेत्रलाई प्रदर्शन गर्न नदिने उद्देश्यले बिहान ११ः१५ बजेबाट जारी गरेको निषेधाज्ञा राति ८ बजेदेखि हटाएको छ ।

सोमबार साँझ सुन्दरहरैँचा नगरपालिकाको कार्यालयमा सर्वपक्षीय बैठक बसेर सहमति भएपछि सो क्षेत्रको स्थिति सामान्य बनेको कोसीहरैँचा उद्योग वाणिज्य सङ्घका अध्यक्ष नवराज चापागाईंले बताए । बैठकपछि तत्कालका लागि दुर्घटना भएको सडकखण्डमा टिपर चलाउन प्रतिबन्ध लगाइएको छ ।

के के छ सहमतिमा ?

नागरिक समाज, पीडित पक्ष, स्थानीय जनप्रतिनिधि र प्रशासनबीच संयुक्त बैठक भएको थियो । बैठकले टिपर चलाउन रोक लगाएको हो । बैठकमा बालिकाको शवलाई सामुहिक श्रद्धाञ्जलि दिने, चालकलाई हदैसम्मको कारवाही गर्ने, मृतक पक्षलाई क्षतिपूर्ति दिने लगायतका सहमति भएको चापागाईंले जानकारी दिए ।

सर्वपक्षीय छलफलपछि सहमति जुटेका कारण बालिकाका आफन्त शव बुझ्न सहमत भएका छन् । शवलाई शव परीक्षणका लागि उर्लाबारीस्थित मङ्गलबारे अस्पतालमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्