एसईइ परीक्षाको प्रश्न पत्र र उत्तर पुस्तिका छुट्टा–छुटै छापिने

<span class='c1'>एसईइ परीक्षाको प्रश्न पत्र र</span> <span class='c2'>उत्तर पुस्तिका छुट्टा–छुटै छापिने</span>

काठमाडौं । यस वर्षको एसईइ परीक्षाको प्रश्न पत्र र उत्तर पुस्तिका छुट्टा–छुटै छापिने भएको छ । चैत १० गतेबाट सुरु हुने परीक्षाका लागि चाहिने उत्तरपुस्तिका छपाईको जिम्मेवारी प्रदेश सरकारलाई दिइएको छ भने प्रश्न पत्र परीक्षा नियन्त्रण कार्यालयले छाप्ने छ ।

संघीय सरकारले उत्तरपुस्तिका छाप्ने रकम प्रदेश मातहतमा पठाएकोले उत्तरपुस्तिका प्रदेशले छाप्ने भएको हो । प्रदेशलाई परीक्षा नियन्त्रण कार्यालयले पुरानै ढाचाँमा, त्यहि मापदण्डमा उत्तरपुस्तिका छाप्ने अनुमति दिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

पहिले एसईई परीक्षाको सम्पूर्ण सामाग्री केन्द्र छपाई गर्दे आएको थियो । अर्को वर्षदेखि एसइईको सबै जिम्मेवारी प्रदेशलाई दिइने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्