३३ किलो सुन प्रकरण : सम्पत्ती लुकाउन परिवारको प्रयोग

<span class='c1'>३३ किलो सुन प्रकरण :</span> <span class='c2'>सम्पत्ती लुकाउन परिवारको प्रयोग</span>

३३ किलो सुन प्रकरणका मुछिएका श्याम कृष्ण श्रेष्ठले सम्पत्ती लुकाउन दुई श्रीमती र परिवारको प्रयोग गरेको पाईएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल, भन्सार कार्यालयका रेडियो अपरेटर श्यामकृष्ण श्रेष्ठले गैरकानुनी सम्पत्ति आर्जन गरेको र सम्पत्ति लुकाउनलाई परिवारको प्रयोग गरेको खुलासा गरेको छ ।

जिल्ला अदालत काठमाडौंमा सुन तस्करीको मुद्दा खेपिरहेका श्रेष्ठले अवैध रुपमा आर्जन गरेको साढे १४ करोड रुपैयाँ भाइ, बुहारी र बुवाको नाममा समेत राखेको अख्तियार दुरुपययोग अनुसन्धान आयोगको अनुसन्धानमा देखिएको छ। अख्तियारले श्रेष्ठको २०५३ सालदेखिको आम्दानी अनुसन्धान गर्दा सो रहस्य खुलेको हो ।

विमानस्थल भन्सार कार्यालयको रेडियो अपरेटरमा कार्यरत उनको सम्पत्ति उनको आय स्रोत भन्दा धेरै देखिएपछि अख्तियारले अनुसन्धान थालेको थियो । उनलाई अख्तियारले १४ करोड ६१ लख २४ हजार ४ सय ७८ बिगो र सोही बराबर जरिवाना हुनुपर्ने माग गरेको छ।

साथै श्रेष्ठको जेठी श्रीमति तारावेवी श्रेष्ठ, कान्छी श्रीमती रेखा श्रेष्ठ, बुबा ज्ञानकृष्ण श्रेष्ठ, आमा चन्द्रदेवी श्रेष्ठ, भाइ रामकृष्ण श्रेष्ठ र बुहारी रविना प्रधानाङगको नाममा आफूले गैरकानुनी रुपमा आर्जेको सम्पति राखेकाले उक्त सम्पत्ति जफत गर्न अख्तियारले माग गरेको छ ।(न्युज २४)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्