विराटनगर किङ्स टिममा जोडिए रणजी ट्रफी खेलिसकेका यी २ भारतीय खेलाडी !

विराटनगर किङ्स टिममा जोडिए रणजी ट्रफी खेलिसकेका यी २ भारतीय खेलाडी !

बिराटनगर माघ १५ ,

तेस्रो संस्करणको धनगढी प्रिमियर लिग क्रिकेटका लागि विराटनगर किङ्सले दुई भारतीय खेलाडी अनुबन्ध गरेको छ । प्रथम श्रेणीका क्रिकेटर अभिनाश यादव र शिभकान्त शुक्लालाई विराटनगरले अनुबन्ध गरेको हो । दुवै खेलाडीले भारतको प्रतिष्ठित रणजी ट्रफी प्रतियोगिता खेलिसकेका छन् । अभिनाश यादव दायाँ हाते स्पिनर हुन् भने शिभकान्त शुक्ला देब्रे हाते ब्याट्सम्यान हुन् ।

३२ वर्षे अभिनाशले २५ प्रथम श्रेणी क्रिकेटमा ७६ विकेट लिइसकेका छन् । ३३ वर्षे  शिभकान्तले ८५ प्रथम श्रेणी क्रिकेटमा ४ हजार १ सय ९८ रन बनाएका छन् । करण केसी रणनीतिक खेलाडी रहेको विराटनगरमा आरिफ शेख, कुशल भुर्तेल, पृथु बास्कोटा, किशोर महतो, सुशन भारी, हरिशंकर शाह, संसाद शेख, राजेश पुलामी, अर्जुन अधिकारी, अमित गुरुङ्ग, तृत राज दास र सुवास ऐयर  छन् । डिपिएल क्रिकेट माघ २६ गतेबाट धनगढीमा सुरु हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्