“न्यूरो अस्पतालले मलाई अपाङ हुनबाट बचायो” : बिरामी यादब

“न्यूरो अस्पतालले मलाई अपाङ हुनबाट बचायो” : बिरामी यादब

विराटनगर ,माघ १४

विराटनगर स्थित न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियेलिटि हस्पिटलले जटिल मानिने शल्यक्रिया सफलतापूर्वक गरेको छ । सुनसरीको इनरुवा–९ का ६४ बर्षिय दुखन यादबको सफल शल्यक्रिया गरिएको छ । न्यूरो अस्पतालका बरिष्ठ अर्थोपेडिक सर्जन डा.नविन कुमार कर्णको टोलीले यादबको टोटल नि रिपलेस्मेन्ट (घुडा भित्रको जोडनी फेर्ने ) को सफल शल्यक्रिया सम्पन्न गरेको हो ।

यस्तो शल्यक्रिया पूर्वी भेगमा निकै दूर्लभ र जटिल मानिने डा कर्णको भनाई छ । अत्याधुनिक अर्थोपेडिक सर्जरी सेवा सुरु गरेको न्यूरोले यादबको सफल शल्यक्रिया गरेर अपाङनै हुनुबाट बचाएको छ ।
बिरामी दुखन यादबले भने ‘ जोडनी नै फेर्ने जस्तो जटिल अप्रेशन पनि न्यूरोमा सजिलै भयो । अपाङ नै हुनुबाट बचायो यसमा धेरै खुःशी छु ।’ विगत १० बर्ष देखि हिडडुल गर्न नै कठिनाइ भइरहदा , न्यूरोको सफल शल्यक्रियाले दुःख कष्ठबाट मुक्ती दिलाएको बिरामी यादबले बताए ।

टोटल नि रिस्प्लेस्मेन्ट जस्तो जटिल शल्यक्रिया सफल भएपछि बिरामीका छोरा श्याम सुन्दर यादबले ६४ बर्षिय बुवालाई अपाङ हुनबाट बचाइदिनु भएकोमा खुशी ब्यक्त गरे । उनले उपचारका लागि भारतको अनेकौं अस्पताल लगायत बिराटनगरका ३ वटा अस्पतालहरुमा चेकजाँच गराइसक्दा पनिउपचार नभएको बताए ।

खुटट नै बाँङगिन थाले पछि अन्य अस्पतालको तुलनामा सस्तो र राम्रो उपचारको खोजीमा न्यूरो अस्पताल ल्याएर उपचार गरिएको बिरामीका छोरा श्यामसुन्दर यादबले बताए । यादबले भने ‘न्यूरोले त अन्त भन्दा निकै राम्रो व्यवहार गरेको हुँदा धेरै खुसि छु ।

न्यूरो अस्पतालका बरिष्ठ अर्थोपेडिक सर्जन डा. नविनकुमार कर्णको टिमले गरेको शल्यक्रियाबाट यादबले नयाँ जीवन पाएका हुन् । हाल पूर्णरुपमा हिँड्डडुल गर्नसक्ने भएपछि उनी निकै खुसी भएका छन् ।
गुणस्तरीय तथा अत्याधुनिक उपचारको लागी न्यूरो अस्पतालमा आउने बिरामीको संख्या बढ्दै गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्