विराटनगरमा टीसीएलको डिलर सम्मेलन

विराटनगरमा टीसीएलको डिलर सम्मेलन

विराटनगर,१६ माघ । टेलिभिजन ब्रान्ड टीसीएलको विराटनगरमा क्षेत्रीय डिलर सम्मेलन सम्पन्न भएको छ । मेची, कोसी, सगरमाथा र जनकपुरका डिलरहरूको सहभागिता रहेको सम्मेलनमा टीसीएलका भावी योजनाबारे छलफल भएको जानकारी दिइएको छ ।

कार्यक्रममा टीसीएलको एस ६५०० र सी ६ मोडेल टेलिभिजन सार्वजनिक गरिएको कम्पनीले बताएको छ । आधुनिक पिक्चर क्वालिटी र थ्रिएट लेभल साउन्डजस्ता विशेषता रहेको उक्त टेलिभिजनमा कम्पनीले ३ वर्षको वारेन्टी दिएको छ । टीसीएलका एसीमा ५ वर्षको वारेन्टी तथा वासिङ मेसिन, रेफ्रिजेरेटरहरू पनि नेपालमा उपलब्ध छन् । नेपालका लागि टीसीएलको आधिकारिक विक्रेता चौधरी ग्रूपअन्तर्गतको सीजी इलेक्ट्रोनिक्स तथा ईओएल कम्पनी रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्