सिन्धुलीमा दुई समुहबीच खुकुरी हानाहान

सिन्धुलीमा दुई समुहबीच खुकुरी हानाहान

सिन्धुलीमा दुई समुहबीच खुकुरी हानाहान भएको छ । सिन्धुलीको कमलामाई नगरपालिका २ पिपलभञ्ज्यांगमा मंगलवार दिउसो दुई समूह बीच खुकुरी हानाहान हुदाँ एक जना गम्भीर घाइते भएका छन् । मंगलबार दिउँसो करीब २ बजेको समयमा पिपलभञ्ज्यांगका कमाण्डो भनिने अमर तामाङलाई कमलामाई नगरपालिका २ मुढे बस्ने कमल थापाले खुकुरी प्रहार गरी घाइते बनाएका हुन् ।

सामान्य विवादमा थापाले तामाङमाथि खुकुरी प्रहार गरी आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । घाइते तामाङको दुवै हात र मुखमा चोट देखिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ । घाईतेलाई सिन्धुली अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि काठमाडौँ रिफर गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्