विराटनगरको टर्मिनल बसपार्क आजबाट संचालनमा आउने

<span class='c1'>विराटनगरको टर्मिनल बसपार्क</span> <span class='c2'>आजबाट संचालनमा आउने</span>

विराटनगर, १६ माघ ।

विराटनगरको टर्मिनल बसपार्क (आज) माघ १६ गतेदेखि औपचारिक रुपमा संचालनमा आउने भएको छ । विराटनगर ११ मा रहेको पुरानो बसपार्कलाई भत्काएर नयाँ प्रारुप दिईएपछि संचालनको तयारी गरिएको हो । निर्माणको ठेक्का लिएको निर्माण कम्पनीले ६ महिना अगाडि नै निर्माण कार्य सम्पन्न भएको दावी गरेको भएपनि विविध प्राविधीक कारण देखाउदै बसपार्क संचालनमा आउन सकेको थिएन ।

निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनी गौरी–पार्वती निर्माण सेवाले गत कात्तिकमा आफ्नो सम्पुर्ण निर्माणको काम सकिएको जनाएको थियो । २०७३ फागुनदेखि शुरु भएको निर्माण कामको १८ महिनाको थियो । तर २०७५ कात्तिकसम्मको समय दिएर २० महिनामा निर्माण पुरा भएको हो । बसपार्कको जिम्मा लिएको गौरी– पार्वती निर्माण कम्पनी आफ्नो तर्फबाट बनाउने काम गत कातिकमा नै सम्पन्न गरेको गौरी पार्वती निर्माण कम्पनीका सुर्दशन थापाले जानकारी दिए ।
‘हामीले हाम्रो तर्फ सम्पुर्ण काम सकिसकेको भनेर महानगरलाई ३ महिना अगाडि नै हस्तान्तरणको लागि पत्र पठाईसकेका थियौँ ।’ उनले भने ‘तर विभिन्न कारणले गर्दा तोकिएको समयमा हामीले हस्तान्तरण गन पाएनौ ।’
निर्माण पुरा भएर लामो समयसम्म पसपार्क हस्तान्तरण नहुँदै उद्घाटन अगावै सवारी साधनहरु पार्किङमा राखिएका छन् । कुनै पनि सवारी साधनलाई प्रवेश नगराउने भनिएपनि अहिले टर्मिनल बसपार्क भित्र बस र माईक्रोबस स्टेशन नै बनाएर बसेका हुन् ।

बसपार्कको भवन अगाडि खुद्रा चिया पसलका ठेलाहरु समेत राख्न थालिएका छन् । बसपार्क भित्र ठेक्का प्रक्रियामा मात्र पसलहरु संचालन गर्न दिने तयारीमा बिराटनगर महानगरपालिका रहेको छ । उद्घाटन अगावै सवारी साधन र खुद्रा पसल गर्नेहरुको विषयमा अहिलेसम्म महानगर केही बोलेको छैन ।

नगर विकास कोषको ८ करोड ४७ लाख ऋण सहयोगमा महानगरपालिकाले बसपार्क निमार्णको काम सुरु गरेको थियो । ३० कठ्ठा क्षेत्रमा निर्माण गरिएको बसपार्कमा साना ठूला गरी ६० वटासम्म बस अट्नेछन् ।
अहिले बनेको बसपार्क एक नम्बर प्रदेश कै नमुना टर्मिनल बसपार्कका रुपमा चिनिनेछ । बसपार्कमा पहिलो तल्लामा रेष्टुरेन्ट, लगेज रुम र प्रशासन कक्ष रहने छ । ब्यवस्थित टिकट काउन्टर, सपिङ सेन्टर, यात्रुहरुका लागि वेइटिङ रुम रेष्टुरेन्ट, ब्यागेजहरु राख्ने स्थान रहने छ ।

बस टर्मिनलको भुईँतल्लामा आउट र इन डोर रहनेछ भने सबै तिर गरी ८ वटा टिकट काउन्टर रहनेछ । भुईँ तल्लामा नै बस पार्कको कार्यालय बनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्