विराटनगरमा पनि डा. गोविन्द केसीको समर्थनमा चिकित्सकहरुको रिले अनशन

<span class='c1'>विराटनगरमा पनि डा. गोविन्द केसीको</span> <span class='c2'>समर्थनमा चिकित्सकहरुको रिले अनशन</span>

बिराटनगर माघ १६ ,

विराटनगरमा पनि डा. गोविन्द केसीको समर्थनमा चिकित्सकहरुले रिले अनशन थालेका छन् । विराटनगरमा कोशी अञ्चल अस्पतालमा कार्यरत चिकित्सकहरुले मंगलबार विहान १० बजेबाट रिले अनशन थालेका हुन् । नेपाल चिकित्सक संघ कोशी अञ्चल शाखाको अगुवाईमा अस्पताल परिषरमै रिले अनशन थालिएको चिकित्सकले बताए । उनीहरुले अनशनरत डा. केसीको जीवन रक्षाको माग पनि गरेका छन् । केसीले उठाएका मुद्धाको सम्बोधन तत्काल नगरे अस्पतालका सबै सेवा ठप्प पारेर कडा आन्दोलन गर्ने गर्ने उनीहरुको चेतावनी छ । केसीको आन्दोलनमा सरकार उदासिन बनेपछि विकल्पमा रिले अनशन रोजिएको चिकित्सक संघ कोशी अञ्चल शाखा अध्यक्ष डा. फरवार्ड सिलवालले जानकारी दिए  । उनले डा. केसीले उठाएका मागको सम्बोधन र जीवन रक्षाको माग गर्दै दिएको ७२ घण्टे अल्टिमेटम समेत सरकारले चासो नदिएको गुनासो गरे  ।

चिकित्सकलाई आन्दोलन गर्न बाध्य पारिएको परिस्थितिबाट उत्पन्न हुने समस्या र सर्वसाधारणमा पर्ने असुविधाप्रति नेपाल सरकार नै जिम्मेवार बन्ने सिलवालको भनाइ छ ।

रिले अनशनमा डा. सिलवाल, कोसी अञ्चल अस्पतालका बरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. यज्ञराज खरेल, छाला तथा यौन रोग विशेषज्ञ डा. असित घिमिरे लगायतका चिकित्सक रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्